under featured image
Street Festival

पोखरा थिएटर मा नाटक ‘उ मरेकी छैन’ मञ्चन शुरु (फोटो फिचर)

शनिबार नाटक दुई सो मञ्चन हुने

Above News Headline

पोखरा भ्वाइस् सम्बाददाता, ०४, पुष । पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन शुरु भएको छ । न्यारेटरले आफ्नो पहिलो प्रस्तुतीको रुपमा मञ्चन सूरु भएको यो नाटक पौष १४ गते सम्म पोखरा थिएटरको गन्दर्व नाटकघरममा मञ्चन हुनेछ । शनिबार नाटक दुई सो मञ्चन हुने न्यारेटर समुहका रेवन राई जानकारी दिए । दिउँसो १ बजे र अपरान्ह सवा ४ बजे नाटक हेर्न पाइनेछ ।

नाटक ‘उ मरेकी छैन’

यो नाटक नाट्य सम्राट बालकृष्ण समले लेखेको नाटक हो । विक्रम सम्मवत २००० मा लेखिएको यो नाटक साझा प्रकाशनले वि.स. २०३५ मा प्रकाशन गरेको थियो । सौन्र्दयचेत, प्रगतिवाद विचारधारा, पितृसतात्मक मानसिकताको चरमता र पुर्वीय दर्शन मिसिएको यो नाटक नेपाली समाजमा अझैपनि उत्तीकै सान्दर्भिक छ ।

नाटक ‘उ मरेकी छैन’
निर्देशक चे शंकर

सत्र वर्षकी कान्तीको भिक्षुणी बन्ने इच्छालार्ई पिताले नर्कादाको परिणाम नाटकमा हेर्न पाइनेछ । नाटकलाई आर्कषक बनाउन धार्मिक संवाद, लोपोन्मुख मारुनी नृत्य, लोक शैलीको भजन तथा लोक गीतले सहयोग गरेको छ ।

१ घण्टा १० मिनेट अवधिको यो नाटकले नाट्य प्रेमीको थप माया पाउनेमा निर्देशक तथा परिकल्पनाकार चे शंकर विश्वस्त छन् । पहिलोपटक सन् २०१२ बाट’ नाटक लेखन तथा निर्देशनमा सक्रिय बनेका चे शंकरले हालसम्म एक दर्जन बढी नाटक दिर्नेशन गरिसके । उनी नाटक लेखन, निर्देशन तथा प्रशिक्षणमा क्रियाशिल छन् । यसअघि चे शंकरको निर्देशनमा पोखरामा तिर्खा नाटक मञ्चन भएको थियो ।

Bg Hospital

यसका अलावा कोहि किन बर्बाद होस्, लुक ब्याक इन एङ्गर, एनिग्मा, म्याड म्यान्स डायरी, मिस्टर फक्स एण्ड द स्कुल बोय, सेम टाइम नेक्स्ट इयर, मेमरी यार्ड आदी नाटक उनले निर्देशन गरिसकेका छन् । ईलुजन, एनिग्मा, मेमरी यार्ड, कथा नालापानीको, रुवा, मिस्टर फक्स एण्ड द स्कुल बोय उनका मुख्य नाटककृति हुन् । उनी चौकुस फिल्म प्रोडक्सन मार्फत छोटा चलचित्र निर्माणमा समेत व्यस्त छन् । यसका अलवा विभिन्न ओपन नाटक र सडक नाटकमा उनले काम गरिसकेका छन् । न्यारेटर गुप्रका कलाकारलाई ४० दिनको तालिम पश्चात चे शंकरले कार्यशालामा पनि सहजिकरण गरेका थिए । नाटकमा रोसन ज्ञवाली, सन्दिप पाण्डे, ज्योती हमाल, विष्णु राज तिमिल्सिना, टिकाराम पौडेल, अनुप अधिकारी, श्रृष्टि केसी, सविता सापकोटा, उज्वलराज ढकाल, विनोद रसायली, गौरव पौडेल, दिलकुमारी लक्ष्मी हमालले अभिनय गरेका छन् । उनीहरुले आफ्नो भुमिकामा न्याय गर्ने प्रयास गरेकोले नाटक राम्रो बनेको छ । नाटकमा सह–निर्देशनको जिम्मा रेवन राईले निभाएका छन् । नाटक हरेक दिन दिउँसो सवा ४ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजे समेत मञ्चन गरिने सह–निर्देशक रेवन राईले जनाए । आफुहरुको पहिलो प्रयासमा नाटक मञ्चन गरेकोले दर्शकको साथ र सर्पोट आवश्यक परेको उनले बताए । पहिलो सो हेर्न पुगेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएपछि न्यारेटर समुह उत्साहित बनेको छ ।

नाटक ‘उ मरेकी छैन’
नाटक ‘उ मरेकी छैन’
नाटक ‘उ मरेकी छैन’
नाटक ‘उ मरेकी छैन’
नाटक ‘उ मरेकी छैन’
नाटक ‘उ मरेकी छैन’
Trident conecpt
vianet
PCC Mela

Leave A Reply

Your email address will not be published.