under featured image
Sky Link

कालापानी र कालापहाड

(उस्तै कथा उस्तै व्यथा)

Above News Headline

कालापानी र कालापहाड (उस्तै कथा उस्तै व्यथा)                                                 – पद्मशरण रेग्मी, प्राध्यापक, त्रि.वि.वि.

पद्मशरण रेग्मी 

‘नेपालको कालापानी’ भनी राणा कालदेखि परिचित भूभाग ‘नयाँ मुलुक’ नामले पनि लामो समयसम्म चर्चा पायो । विशेष गरी सुगौली सन्धिबाट गुमेका पश्चिम तराईका भूभागहरू (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) भारतको सिपाही विद्रोहमा तत्कालीन राणा शासक जङ्गबहादुरले नेतृत्व गरी उक्त विद्रोह दबाउन सहयोग गरे बापत अङ्ग्रेज सरकार (इस्ट इन्डिया कम्पनी सरकार) ले पुरस्कार स्वरूप नेपाललाई फिर्ता दिएर हालको नेपाली भूभागमा गाभिन र मिसिन आएपछि नयाँ मुलुक परिचय पाई लामो समयसम्म चर्चा भइनै रह्यो । हालका प्रदेश नं. ५, ६ र ७ का पहाडी क्षेत्र र भारतकै ‘कालापहाड’ सरह कठिन भौगोलिक क्षेत्र हुन् । नेपालका यी भूक्षेत्रहरू र यी दुवै देशका भूभागसँग धेरै पहिलेदेखि अन्तर्सम्बन्ध कायमै रहेको थियो । विशेष गरी भारतको ‘उत्तर प्रदेश र उत्तराखण्ड’ सम्मको सम्पर्क र आवात जावतले पश्चिमी नेपाल पूर्ण रूपमा अन्तरनिर्भर रही जोडिनै रह्यो । अब पनि यसले केही न केही निरन्तरता पाइरहने छ । भारतकै ठूलो जनसङ्ख्या र भूक्षेत्र मानिने उत्तर प्रदेशमा पहिले हालको उत्तराखण्ड समेत एउटै प्रदेश थियो । विस्तारित नेपालको भूभाग पश्चिम किल्ला काँगडा र पूर्वी सिमाना टिस्टासम्म कायम हुँदा त्यसको अघि र पछि नेपालसँगको साइनो र सम्पर्क कुनै न कुनै रूपमा भावनात्मक रूपले लामो समयसम्म कायमै रह्यो । अझै पनि त्यो अन्तर्सम्बन्ध सघन रूपमा रहेको पाइन्छ । भिन्नाभिन्नै देश र प्रदेश भए पनि नेपाल र भारतका यी भूभागहरूको भावनात्मक सम्बन्ध र सिमाञ्चलका प्रभावहरू अहिले पनि ज्यूका त्यूँ छन् । त्यसैले नेपालको पुरानो पूर्वी भूभाग हालका दार्जलिङ, सुखिम, सिक्किम आदि क्षेत्रहरूमा बेला बखतमा भइरहने आन्दोलन र विशेष गरी दार्जलिङ क्षेत्रमा बेलाबखतमा गोर्खाल्याण्डका लागि भइरहने आन्दोलनहरूमा नेपालीहरूको साइनो कुनै न कुनै रूपले जोडिँदै गरेको पाइन्छ । नेपालको तराई भूभागमा हुने आन्दोलनहरूमा जसरी भारतको प्रभाव र सहयोग बेलाबखतमा हुँदै आएको आँकलन गरिन्छ त्यही आँकलन भारतले पनि यी क्षेत्रहरूमा नेपाली भाषीहरूको सघन बस्ती र प्रभाव भएका कारणले नेपालको पनि कुनै हात रहेको शंका गरिरहन्छ । त्यसैले यी दुवै सिमाञ्चल क्षेत्रका नागरिकहरू कुनै न कुनै रूपमा केन्द्रिय तथा प्रान्तीय सरकारको कोपभाजन हुने गरेका छन् ।

बद्रीनाथ

पूर्व पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) निर्माण काम सम्पन्न नहुँदासम्म लामै समय नेपालको पूर्वी तथा पश्चिमी भूभागमा जाँदा आउँदा भारतीय भूमि प्रयोग नगरी सुखै थिएन । राजधानीबाट टाढा रहनु पर्दा र राज्यको ध्यान दृष्टि पनि कम पर्दा यी क्षेत्रहरू नेपालभित्रै रहे पनि अपहेलित र उपेक्षित तथा विकासका दृष्टिले निकै पिछडिएका थिए । त्यही स्थिति भारतको भूमिभित्र रहे पनि तत्कालीन उत्तर प्रदेश, बंगाल र यसका उत्तर तथा पश्चिमका विकट पहाडी भूभाग पनि नेपालकै पहाडी तथा तराई भूभागका जनताजस्तै विकासका दृष्टिले अपहेलित र पिछडिएका थिए । त्यसैले यी दुवै देशका जनताहरूका बीचमा धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक आदि सम्बन्ध धेरै पहिलेदेखि अहिलेसम्म पनि कायमै रहेको पाइन्छ । तीनतिर घेरिएको भारत नेपालका लागि आवत जावत र सम्पर्कले नेपालको पूर्वी, पश्चिमी र दक्षिणी भूभाग बेला बखतमा प्रभावित भइनै रहेको हामी पाउँछौँ । यी दुवै देश नेपाल र भारतका जनताको दैनिकी ज्यादै कष्टकर र पिछडिएको अवस्थामा लामो समयसम्म नै गुज्रनु प¥यो । अझै पनि तुलनात्मक रूपमा नेपाल र भारतका यी दुवै क्षेत्रका जनताको जीवन स्तर अन्य क्षेत्रको तुलनामा पछाडि नै रहेको अनुभूति हुन्छ । यी दुवै देशले आआफ्ना देशका जनताको चाहनाअनुसार पछिल्लो अवस्थामा आएर पूर्वाधार विकासमा थोरै भए पनि ध्यान दिन थालेको अनुभूति भने केही दिन थालेका छन् ।

काशी

नेपालको जनमत सङ्ग्रहकालीन अवस्थामा भारतको हालको उत्तराखण्डका पहाडी भूभाग चिप्को आन्दोलनबाट प्रभावित बन्यो । जसलाई कालापहाडका नामले नेपालीहरूले अझै पनि पुकार्ने गर्दछन् । त्यसको प्रभाव र नेपालको पिछडिएको तत्कालीन कालापानी क्षेत्रको प्रभाव यी दुवै देशमा परेको भलिभाती परिचित दुवै देशका वासिन्दाहरूले गरिरहेका छन् । नेपालको पूर्व भूमि भारतमै गाभिन र मिसिन पुगे पनि नेपालकै कालापानी सरह अपहेलित र उपेक्षित हुँदा हालका उत्तराखण्ड र नेपाल पूर्वका पूर्वाेत्तर भारतका क्षेत्रका नागरिकहरू बेला बखतमा असन्तोषको प्रकट हुने गरेको छ । विशेष गरी उत्तर प्रदेशबाट छुट्टिएर नोभेम्बर ९, २००० मा तेह्र वटा जिल्लाहरू मिलेर ‘उत्तराखण्ड’ राज्यको उदय हुन गयो । त्यस्तै माग पूर्वतर्फ दार्जलिङ क्षेत्रमा गोर्खाल्याण्डको माग बेला बखतमा उठ्ने गरेको छ । तर भारत सरकारले उत्तराखण्डलाई बेग्लै राज्य मान्न तयार भए पनि अनेक निहुँमा दार्जलिङ क्षेत्रमा गोर्खाल्याण्ड दिन अहिले पनि इन्कार गरिरहेको छ । अहिले सन् २००० मा उदय भएको उत्तराखण्ड १८ वर्ष पूरा भई यसले आफ्नो केही पहिचान स्थापित गर्न सफल भएको छ । यद्यपि यसको उद्गम भ्रुणको काम गर्ने चिप्को आन्दोलनमा उत्तराखण्डका बासिन्दाले आन्दोलनको नेतृत्व गरिरहेका सुन्दरलाल बहुगुणालाई समेत साथ र सहयोग गर्न पुगे । त्यो आन्दोलनले वन विनाशलाई रोक्ने, आधुनिक संरचनाको निर्माण गर्दा नकरात्मक प्रभाव पर्ने हुँदा त्यसबाट जोगिने ठूलो प्रयास भयो । त्यसैले प्रान्तिय तथा केन्द्रिय सरकारले आधुनिक संरचना बनाउने जोड गर्ने, त्यहाँका बासिन्दाहरूले वन विनाश र प्राकृतिक सम्पदा जोगाइ राख्न भएका प्रयासहरूले गर्दा लामो समयसम्म आधुनिक भौतिक संरचना र विकासले गति लिन त्यस क्षेत्रमा सकेन । अझै पनि भारतको उत्तराखण्डको बनोट हेर्दा पहिले कहलिएका कुमाउ, गढवालका मुख्य भुभागहरू मिलेर उत्तराखण्ड बनेको पाइन्छ । उत्तरी हिमाली र पहाडी क्षेत्र नेपालकै जस्तो अवस्थामा गुज्रीरहेका छन् ।
सिङ्गो उत्तराखण्डको ५५८४५ वर्गकिमि भूक्षेत्रमध्ये १० भागमा ९ भाग विकट हिमाली र पहाडी भागले ढाकेको छ । जहाँ उत्तराखण्डका १३ वटा जिल्ला छरिएर रहेका छन् । उत्तराखण्डमा करिब एक करोड जनता बसोबास गर्दछन् । देहरादुन यस प्रदेशको नयाँ राजधानी हो । यस प्रदेशका ४ धाम मानिने  जस्ता धार्मिक तीर्थस्थलहरू धेरै पहिलेदेखि कहलिएका छन् । यसै प्रदेशमा झण्डै तीन दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीय आकर्षणका स्थलहरू उत्तराखण्ड भरि छरिएर रहेका छन् । जसमध्ये हरिद्वारलाई हिन्दूहरूका ७ वटा प्रमुख पवित्र तीर्थ स्थलमध्ये एउटा धाम मानिन्छ ।

Bg Hospital

गर्मी यामको समयमा उत्तराखण्डमा रहेका तीर्थस्थलहरू मध्ये बद्रीनाथ, केदारनाथ, यमोनत्री, गंगोत्रीको भ्रमण गर्ने प्रशस्त तीर्थालुहरू पाइन्छन् । त्यसरी नै उत्तर काशी, पिथरागढ, जोशी मठ, कर्णप्रयाग, देवप्रयाग, चमौली, चक्रता, गोविन्दघाट, नैनीताल, रानीखेतजस्ता अनेकौँ तीर्थस्थल तथा पर्यटकीय स्थलहरू उत्तराखण्डमा पुरै छरिएर रहेका छन् । प्रायः खेतीपाति कम हुने उत्तरी अग्ला पहाड आवतजावत र विकास निर्माणका लागि पनि कठिन भएकाले नेपाली जनजिब्रोमा समेत अझै पनि ‘कालापहाड’ नामले परिचित छन् । जहाँ विभिन्न कामको खोजीमा नेपालीहरू भारतका अन्य ठाउँहरूमा जस्तै बर्सेनी अझै पनि कठोर शारीरिक श्रम गरिरहेका छन् । विकास निर्माणमा भर्खरै बामे सर्दै गरेको नेपालका हालका प्रदेश ५, ६ र ७ का भूभागहरू अझै पनि भारतकै कालापानी झैँ कतिपय कठिन र दुर्गम अवस्थामा लामो समयसम्म रहनुप¥यो र यी क्षेत्रहरू भारतकै उत्तर प्रदेश, उत्तराखण्ड र यसका कालापहाडका बीचमा अन्तरसम्बन्धित घुलित भई रही आएर अहिले पनि यसको प्रभाव र विस्तार यत्रतत्र सर्वत्र देखिन्छ ।

उत्तराखण्ड

विशेष गरी पश्चिमी नेपालका तराई तथा पहाडी भूभाग र भारतकै उत्तराखण्डका धार्मिक, पर्यटकीय स्थलहरूको भ्रमणमा जाने जो कोही पर्यटकहरूले यसको अनुभूति सहजै गर्न सक्छन् । हुन त ग्रेटर नेपाल छँदाका पूर्वी टिष्टासम्मका भूभागहरू विशेष गरी दार्जलिङ, सिक्किम, भुटान र विहारका पहाडी भूभागमा नेपालको प्रदेश नं. १ र २ का सिमावर्ती क्षेत्रको सघन आदान प्रदान पनि पश्चिमी क्षेत्रमा झैँ सघन रहेका छन् । समग्रमा नेपाल र भारतका भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि सम्बन्धले दुवै देशको सम्बन्धमा विशेष खालको प्रभाव पारिनै रहेको छ । हरियाली जङ्गल फडान गरेर बनाइएको उत्तराखण्डको नयाँ राजधानी देहरादुन र नेपालकै बाँके, बर्दिया, कैलाली र कञ्चनपुर तथा तराईका सम्पूर्ण भूभाग र पहाडी क्षेत्रमा समेत बन्दै गरेका नयाँ भौतिक संरचना र प्रभावले यी दुवै देशको पर्यावरणमा प्रशस्त प्रभाव पारेको अहिले पनि देख्न र भोग्न सकिन्छ । भौतिक संरचना र सीमावर्ती क्षेत्रमा भएका विकास निर्माणले नेपालका तराई क्षेत्रमा बेलाबखतमा हुने डुवान, सीमा विवाद, उजागर हुने गरेकै छन् । पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेश, उत्तराखण्ड जस्ता भारतीय भूभागले घेरिएको नेपाल र नेपालभित्रै पनि बनिरहेका केही भौतिक संरचनाहरूले यी दुवै देशका प्राकृतिक सम्पदा, वन विनाश, मानव वस्तीको आवत जावत सघन प्रभाव अझै पनि असर पारिरहेका छन् । नेपाल र भारतका उक्त क्षेत्रमा भ्रमण गर्नेहरूले सहजै यसको अनुभव प्रत्यक्ष रूपमा गर्न सक्छन् । विशेष गरी नेपालको चुरे पहाडको विनास, वन विनास स्थानीय बालुवा, गिटी र ढुङ्गा तथा नदीजन्य पदार्थहरूको अनियन्त्रित दोहनले नेपाललाई प्राकृतिक रूपले संकटग्रस्त बनाउँदै लगेको पाइन्छ ।

४ धाम

राणाकालीन समयमा कठोर दण्ड र सजायका लागि भने राज्यले दण्डभोग गर्नका लागि पठाइने कालापानी अपराध र अपराधीको लागि थोरे बाँच्ने भूक्षेत्रहरू मध्ये पर्दथे । तर औलो उन्मूलनका कारणले अहिले उक्त क्षेत्र उत्तरी पूर्वी पहाडका जनताहरू पूर्वी तराईमा झरेझैँ पश्चिमी पहाडका जनताहरु पनि पश्चिमी तराईमा ओइरिए । पश्चिमी पहाडका नेपालीहरू पनि उक्त कालापानी क्षेत्रमा ओइरिएर सघन बस्ती बसिरहेका छन् । अझै पनि नेपालका पश्चिमी तथा पूर्वी पहाड तथा तराई क्षेत्रहरूमा देवकी, हलिया, छाउपडी, बादी, छुवाछुत, बोक्सी जस्ता अन्धविश्वास र रुढी ग्रस्त समाजको छाप मेटिन सकेको छैन । विशेष गरी पूर्वी तथा पश्चिमी तराईका भूभागहरू, यातायात सञ्चार, तथा विकासले छोए पनि अन्धविश्वास भने पूर्ण रूपमा हटिनसकेको अनुभूति अहिले पनि गराउँछन् । बेलाबखतमा नेपाली छापा तथा विद्युतीय माध्यमहरूले यसको उजागर गरिरहेका छन् । पछिल्लो कञ्चनपुरकी किशोरी निर्मलाको बलत्कार र हत्या प्रकरण जस्ता पासविक र सामाजिक व्यवहारले समेत अझै निरन्तरता पाउनुले राज्यलाई यसमा नियन्त्रण लिन हम्मे हम्मे परेको पाइन्छ । यद्यपि पश्चिम नेपाल र पूर्वी नेपालका कैयौँ पर्यटकीय र रमणीय स्थलहरूको पूर्वाधार विकास र विस्तारमा भने पूर्व पश्चिम राजमार्गको निर्माण र विस्तारले प्रत्येक जिल्ला सदर मुकामहरूमा यातायात तथा सञ्चार जस्ता सुविधाले जोड्ने योजनामा सरकारले क्रमशः गति पक्रिरहे पनि सामाजिक सुधारमा भने अझै राज्यले पर्याप्त ध्यान दिन नसकेको अनुभूति यसले गराएका छन् । पश्चिम नेपालका रमणीय र पर्यटकीय स्थलहरू तथा पूर्वी पहाडी क्षेत्रका र सिङ्गो नेपालका हिमाल, पहाड र तराई क्षेत्रमा रहेका पर्यटकीय र धार्मिक क्षेत्रहरूको पहिचान, प्रचार प्रसार र पूर्वाधार विकास र विस्तार गर्न सके हालका ७ वटै प्रदेशको आर्थिक विकास, भौतिक विकास, धार्मिक र सांस्कृतिक विकासले यथेष्ट गति लिन सक्ने थियो । जसले नेपालको अर्थतन्त्रलाई समेत टेवा दिने, रोजगारी सिर्जना गर्ने र नेपाललाई साँच्चै नै समृद्ध र सम्पन्न बनाउने पर्याप्त सम्भावना रहेको छ । पछिल्लो समय उदय भएको भारतको उत्तराखण्डले गरिरहेको धार्मिक र पर्यटकीय विकासले नेपालको पुरानो कालापानी र भारतकै पुरानो कालापहाडको पहानी र कथा अब किंवदन्तीका रूपमा रहने थिए । तर भारत नेपालका यी कष्टकर र कहालीलाग्दो जीवन व्यतित गर्न बाध्य पारिएका ती जनताहरूका लागि अझै पनि दुवै देशका सरकारहरूले प्रशस्त लगानी गर्नुपर्ने अनुभूति ती क्षेत्रको भ्रमण गर्ने जो कोहीले गर्न सक्छन् । नेपालभरि छरिएर रहेका यस्ता अद्वितीय धार्मिक र पर्यटकीय स्थलमा विकासका पूर्वाधार पु¥याउन सकेमा नेपालको कायापलट गर्न सकिन्छ । तराईको समथर भूभागमा पर्याप्त मात्रामा सिंचाई र अन्य भौतिक संरचनाको निर्माण गर्न सकेमा नेपालको कायापलट हुन कुनै बेर लाग्ने छैन भन्ने अनुभूति जोसुकैले अहिले पनि गर्न सक्छन् । जाति, भाषा, धर्म, सांस्कृतिक आदान प्रदानलाई सघन रूपमा आदान प्रदान गरिरहेका नेपाल र भारतका सिमाञ्चल बासीहरूले दुवै देशका सरकारबाट छिट्टै नै आफ्नो अवस्थामा सुधार हुने अपेक्षा राखेका छन् । तुलनात्मक रूपमा भारत सरकार आफ्नो जनताप्रति संवेदनशील बनिरहेको देखिए पनि नेपाल सरकारले अझै प्रशस्त मेहनत गर्नुपर्ने स्थिति देखिन्छ ।

केदारनाथ

भारतले उत्तराखण्डमा गरेको तेहरी उच्च बाँध र जलविद्युतको विकास र जलासयको निर्माण र विकासले त्यो क्षेत्रमा कायापलट गर्न खोजेको देखिन्छ । त्यस्तै उत्तराखण्डकै नैनीताल, रानीखेत, बद्रिनाथ, केदारनाथ, यमोनत्री, गंगोत्री, ऋषिकेश, हरिद्वार जस्ता क्षेत्रमा गरिरहेको पूर्वाधार विकासले सन् २००० मा उदय भएको राज्यले अब काँचुली फेर्नै लागेको अनुभव र अनुभूति त्यहाँ भ्रमण गर्ने जो कोहीले पनि गर्न सक्छन् । अब उत्तराखण्डका कालापहाडका काला दिनहरू दिन प्रतिदन उज्याला पहाड र उज्याला दिनमा परिणत हुँदै छन् । हुन त नेपालकै कालापानी नामले परिचित पुरानो नयाँ मुलुक र पूर्वी तराई र पश्चिम तराईका सघन बस्ती र पहाडी क्षेत्रमा समेत तीव्र विकासको दौडमा रहेका सङ्केत पूर्व पश्चिम राजमार्गको निर्माण, उत्तरदक्षिण बन्दै गरेका राजमार्गहरूको निर्माण र ७७ वटै जिल्ला सदरमुकामहरूमा यातायात र सञ्चार पु¥याउने सरकारी पहलले नेपालको पनि भविष्य निकै उज्जल रहने आँकलन गर्न सकिन्छ । यदि नेपालको साँच्चै समृद्धि र विकास चाहने हो भने र आम जनतालाई यसमा सहभागी गराउन राज्य स्तरमा समेत सरकारका ३ वटै संरचनाहरू, स्थानीय, प्रदेश र केन्द्र सरकारले बेलैमा एकीकृत योजना सहित आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्दछ । त्यसैले नेपालकै उच्च पहाडी क्षेत्रहरू र पछौटे भूभागहरूलाई पनि अब विद्युत्, रोपवे र केबुलकार जस्ता प्रविधि मार्फत विकास गर्न सकेमा पर्यावरण पनि जोगिने र विकासमा पनि फड्को मार्न सक्ने देखिन्छ । समथर तराईका भूभागलाई भने सिंचाईको राम्रा प्रबन्ध र पूर्व पश्चिम राजमार्ग जस्तै प्रस्तावित हुलाकी राजमार्ग, रेल्वे लाइन विस्तार, मध्ये पहाडी लोकमार्ग उत्तर दक्षिण मार्गहरू जस्ता विकास निर्माणहरूलाई अगाडि बढाउँदा र सघन बस्ती र बजारहरूको विस्तार गर्दा पर्यावरण पनि जोगिने र विकासमा पनि फड्को मार्ने रणनीति नेपाल सरकारले अवलम्बन गर्नुपर्ने देखिन्छ । त्यसैले नेपालको कृषि, ऊर्जा, पर्यटन, शिक्षा र स्वास्थ्यको विकासले मात्रै देशलाई समृद्धि तर्फ फड्को मार्ने अवस्थामा पु¥याउन सकिने प्रमुख आधार र कोशेढुङ्गा हुन् । यो सम्भावनालाई नेपाल तथा भारतका दुवै सरकारहरूले पुरानो कालापानी र कालापहाड जस्ता कहाली लाग्दो विगत अवस्थाबाट पार पाउन संयुक्त प्रयास गर्न सकेमा अझै समृद्धिको बाटो फराकिलो हुने प्रचुर सम्भावना छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.