under featured image
Sky Link

पोखराको ताजमहल हिमागृह खुल्दा पर्यटन व्यवसायी खुसी संस्कृतीकर्मी दुखी

नयाँ वर्ष २०२० को अवसर पारेर शाही राजाको दरबार रत्न मन्दिर खुला गर्ने तयारी

Above News Headline

गौरव त्रिपाठी
कुनै वेला राजा पोखरा आउदा सरकारको नाममा विन्ती पत्र चढाउने देखि आफ्ना समस्या राख्ने केन्द्र (हालको भाषामा सिहंदरवार) जस्तै थियो पोखराको हिमागृह । राजा महेन्द्रले विदेशी राजदुतm कुनीतीक भेट घाट तथा हिउँदे दवारको थलोको रुपमा हिमा गृह निमार्ण गरेका थिए ।
पछिल्लो समय राजदवारका सदस्यहरुको भेटघाट स्थल बनेको थियो । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र विसं २०५८ जेठ १९ को दरबार हत्याकाण्डको रात तथा २०६२–६३ को दोस्रो जनआन्दोलन चरम उत्कोर्षमा पुगेको समयमा पनि करीब तीन महीना यही बसेका थिए ।

फेवा किनारमा रहेको यो हिमागृह राजा महेन्द्रले पोखरा जस्तो पर्यटकीय नगरीमा विदेशी पाहुना राख्नको लागी आवश्यकता ठानेर निमार्ण गरेका थिए । हिमागृह सगै रहेको रत्न मन्दीर गणतन्त्र स्थापना पछि धेरैलाई भित्र कस्तो होला भन्ने कौतुहल्ता रहेको छ यती वेला पोखराबासी र पर्यटकहरुको लागी ।
फेवाताल चार फन्को मार्दा पनी देख्न नसकीने हिमागृह भित्र के होला भन्ने जिज्ञाशा मनमा राख्दै पर्यटक पोखराबाट बाहीरीन्छ । फेवातालल संरक्षण कार्यदल संयोजक विश्प प्रकाश लामिछाने भन्छन् “हिमागृह सर्वसाधारणको लागी खुल्ला गर्नुपर्ने वताउदै भन्छन् “यो एैतिहासीक स्थल हो राजा महेन्द्रले आफ्नी पे्रमीकाको सम्झनामा निमार्णकोको कास्कीको ताजमहल हो । यो खुल्ला गर्ने नाममा कुनै पनि नयाँ भौतीक निमार्णको काम गर्न नहुने उनको तर्क छ ।

यहाँ ठुला ठुला भवन बनाउने हैन वरु यस्को जिर्णधोरा गर्न पर्ने देखिन्छ नयाँ संरचना वनाउने नाममा एक वोरा सिमेन्ट पनि भित्रीनु हुदैन । हिमा गृहमा विपी कक्ष,वेलायती कक्ष, चिनीया कक्ष र गणतन्त्र कक्षको निमार्ण गरी संग्राहालयको रुपमा विकास गर्न आवश्यक रहेको सुझाव उनको छ । कुल मण्डल शाहाबाट सुरु भएको शाहा वंश आखीर कास्कीकै हेमागृमका आएर समाप्त भएको छ । त्यसैले यो एैतिहासी स्थलको कुनै एैतिहासीक दिनमा उद्घाटन गर्न सके आन्तरीक तथा वाह्य पर्यटकोलागी राम्रो हुने थियो ।

सरकारले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको होला तर यो अलि हतार मानसीकता देखियो भन्छन् संकृतकर्मी थिर्थ श्रेष्ठ । खुल्ला हुनु राम्रो पक्ष हो तर यहाँ त पर्यटक पुर्व बाट भित्र प्रवेश गरेर पश्चिमबाट बाहिर निस्कने मात्र देखियो हेमा गृहमा आवश्यक पर्यटकीय क्षेत्र निमार्णनै नगरी पर्यटकलाई प्रवेश दिदा सन्देश नराम्रो जान सक्छ भन्दै उनले भने फेवा तालमा स्थानीय प्रजातीका माछा लोप भए वनस्पती पनि लोप भए सबै आयातीमात्र छन् भोली कतै यो पनि आयातीत जस्तो त देखीन्न भन्ने चिन्ता श्रेष्ठको छ । हामीले छलफलनै नगरी खुल्ला गर्नु भन्दा भित्र कुन स्थानमा के राख्ने हामीले संरक्षण गर्नु पर्ने वस्तुहरुको केन्द्र बनाउने होकी कस्तो पर्यटकीय गनतव्य बनाउन लागेका छौ त्यो ख्याल गर्नु पर्ने मा श्रेष्ठको जोड छ । स्थानीय तथा सरोकारवालाहरुले भने हिमा गृह खोल्न नहुने विचार व्यतm गरेका छन् ।
केही सम्पदाहरु लुकाएर राखेकै राम्रो अहिले सर्वसाधारणका लागी खुल्ला गर्दैमा पोखरामा आएका पर्यटकहरुको वसाई नलम्वीने उनीहरुको ठहर छ ।
फेवाताल किनारमा अवस्थित पर्यटकका लागि आकर्षणको सम्भावना बोकेको रत्नमन्दिर र हिमागृह देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनापछि बन्द भएको थियो ।

Bg Hospital

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पुस १६ गते औपचारिक कार्यक्रमसहित रत्न मन्दिर खुला गर्ने तयारी प्रदेश सरकारको रहेको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्वा गुरुङले हिमा गृह २०२० को पुर्व सन्धयाँमा खोल्ने र पर्यटन वर्षको घोषणा सगैँ हुने वताएका छन् । सासंद राजीव पहारीले हिमा गृह भित्र रहेको रत्न मन्दीरको वगैचा पुर्न निमार्णकालागी २५ लाख रुपया रकम समेत विनियोजन गरेको वताएका छन् । उनी भनछन् “यो ऐतिहासीक स्थल हो यो पुरातत्व विभागको निर्देशनमा पुर्न निमार्ण गर्न आवश्यक रहेको ठाउँमा गर्ने हो जथाभावी निमार्ण कार्य गर्ने नहुने ”उको तर्क छ ।
सांसद विन्दु थापा भन्छन् पहिला एती ग्रुपले होटल बनाउने काम बाट रोक्न सफल भयौ अव पनि त्यसता क्रियाकलाप हुन सक्ने भन्दै पोखरेलीहरु सचेत रहनु पर्ने बेला आएको वताएका छन् । यस्ले पर्यटको वसाई लम्वीन्छ । संघ ,प्रदेश र महानगरको वारेस नपाएको हेमा गृह अव भने वारीस पाउनेका थापा ढुक्क देख्न्छिन् । तालको संरक्षण र मापदण्ड लागु पर्नेमा उनको जोड रहेको छ ।
पहिलो चरणमा रत्न मन्दिर र त्यसको केही महिनापछि हिमागृहसमेत खुलाउने योजना सरकारको छ ।
टान पश्चिमाञ्चल अध्यक्ष हरि भुजेल भन्छन् “ हेमा गृह खोल्नु राम्रो कुरा हो हामीले यहाँ भित्र पर्यटकलाई तिन चार घण्टा भुलाउन सक्यौ भने पर्यटको बसाई लम्वीने छ । तर , त्यहाँ भित्र संग्राहालय निमार्ण देखि समग्र गण्डकी प्रदेशको सस्कृती झल्कने गतीवीधी समावेश गर्न आवश्यक रहेको वताए । पर्यटकहरुले राजाहरुको गृष्मकालीन दवारबाट पनि ढुङ्गा सयर गर्न पाउने गरी आवश्यक ठाउँमा तार जाली लगाउनु पर्ने आवश्यकता रहेको छ । सगै लेकसाइडमा बास वसेका पर्यटक बेलुका पख दवारमा आउने बातावराण सृर्जना गर्न सके आम्दानी सगै गतीवीधी वढ्ने उनको विश्वास छ । ”

गणतन्त्र घोषणापछि तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्य तथा उनीहरुको परिवारजनको नाममा रहेका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्ट मातहतमा ल्याउने सरकारी निर्णयानुसार रत्न र हिमागृह समेत ट्रष्टको स्वामित्वमा गएको थियो । रत्न मन्दिरलाई खुला गरेर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने आवाज यहाँका जनप्रतिनिधि तथा पर्यटन व्यवसायीले उठाउँदै आएका छन् । लामो समयपछि यसले सार्थकता पाउन लागेको हो ।
रत्न मन्दिर खुला गर्ने पूर्वतयारी तथा अन्य व्यवस्थापकीय कार्यका लागि नेपाल ट्रष्टका सदस्य सचिव राजेश्वर ज्ञवाली तथा ट्रष्ट सञ्चालक समिति सदस्यको टोलीले चार दिनसम्म पोखरामा रहेर सरोकारवालासँग छलफल गरेको थियो । त्यसक्रममा टोलीले प्रदेश सरकार, पोखरा महानगर तथा पर्यटन व्यवसायीसँग यसबारेमा छलफल गरेको थियो ।

सदस्य सचिव ज्ञवालीले दरबार खुला गर्ने निश्कर्षमा ट्रष्ट पुगे पनि अन्तिम निर्णय भइनसकेको बताए । उनले भने, “दरबार खुला गर्न अब ढिलाइ गर्नुहुँदैन उपयुक्त समय नयाँ वर्षको बेला हुन्छ भन्नेमा हामी पुगेका छौँ तर खुला गर्दा कसरी खुला गर्ने, कुन÷कुन क्षेत्रसम्म प्रवेश दिने, प्रवेश शुल्क कति राख्नेलगायतका बारेमा छलफल भयो । एउटा योजना तयार भएको छ ।”

राजधानी पुगेर ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग थप छलफल गरेर निर्णय लिइने ज्ञवालीले बताए । दरबार खुला गर्नेबारेमा मन्त्री पोखरेलले नै अन्तिम निर्णय गर्ने बताइएको छ । शुरुमा ट्रष्टले आफ्नै कर्मचारीबाट व्यवस्थापनको कार्य गर्ने भएको छ । ट्रष्टको पोखरा कार्यालयमा कार्यरत ११ जना कर्मचारीबाट नै व्यवस्थापनको कार्य गर्ने तयारी गरिएको छ ।रत्नमन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी आफ्नो कान्छी श्रीमती रत्नको नामबाट दरबार निर्माण गरेका थिए ।

विसं २०६१ माघ १९ को शाही कदमपछि तत्कालीन राजा वीरेन्द्र र दरबारका नाममा रहेका अधिकांश सम्पत्ति राजा ज्ञानेन्द्रको स्वामित्वमा गए पनि रत्न मन्दिर भने तत्कालीन राजा वीरेन्द्रकै नाममा रहेकाले ट्रष्टको स्वामित्वमा आउन सहज भएको हो ।रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । परिसरभित्र प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.