under featured image
Sky Link

चितवन राइनोजलाई उपाधि सहित २७ लाख

चितवन राइनोज पिपिएल विजेता

Above News Headline

पोखरा, १२ पुस चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि-२० क्रिकेट (पीपीएल) को उपाधि जितेको छ । पोखरा रंगशालामा हजारौं दर्शक माझ शनिबार भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।

Bg Hospital

उपाधि सहित चितवनले २७ लाख पुरस्कार प्राप्त गर्न सफल भएकोे छ । उपविजेता भएकोे विराटनगरले भने १० लाख साथमा ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा म्यान अफ दी सिरिजको उपाधि चितवनका रोहन मुस्ताफाले हात पार्दा उत्कृष्ट व्याटिङको उपाधि काठमाण्डौंका कप्तान ज्ञानेन्द्र मल्लले हात पार्न सफल भए । त्यसै गरी प्रतियोगितामा वेष्ट बलरको उपाधि भने चितवनका करण केसीले आफ्नो पोल्टामा पार्न सफल भए । तीन बिधामा उत्कृष्ट खेलाडीलाई जनही टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताका मस्ट भ्यालुएवल प्लेयर विराटनगरका लोकेश बम घोषित भए । उनले उक्त उपाधि सहित एक लाख पुरस्कार प्राप्त गरे । त्यस्तै मस्ट इमर्जीङ(उदयमान) खेलाडीको उपाधि भने धनगढीका अनिल खरेल जिते । उनले उपाधि सहित ५० हजार पुरस्कार प्राप्त गरे ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.