under featured image
Sky Link

‘उ मरेकी छैन’ नाटक मञ्चन सम्पन्न

चे शंकरको परिकल्पना तथा निर्देशन र रेवन राईको सह–निर्देशनमा

Above News Headline

पोखरा भ्वाइस् सम्बाददाता, पुष १७ 

पोखरामा पौष ४ गतेबाट मञचन भएको नाटक ‘उ मरेकी छैन’ मञ्चन सम्पन्न भएको छ । न्यारेटरले आफ्नो पहिलो प्रस्तुतीको रुपमा मञ्चन गरेको यो नाटक पौष १५ गते मंगलबारसम्म पोखरा थिएटरको गन्दर्व नाटकघरममा मञ्चन भएको हो ।

नाटक ‘उ मरेकी छैन’

यसअघि पौष १४ गतेसम्म मञ्चन गर्ने तय भएपनि दर्शकको मागको कारण एक दिन थप गरी १५ गते सम्म मञ्चन गरिएको हो । आफुहरुले अपेक्षा गरे अनुसारनै नाटक मञ्चन सम्पन्न भएको न्यारेटर समुहका रेवन राई जानकारी दिए । यो नाटकले पोखरामा रंगमञ्चको बारेमा धेरै कुरा थाहा पाउन सकेको उनको भनाई थियो । नाट्य सम्राट बालकृष्ण समले लेखेको नाटकलाई चे शंकरको परिकल्पना तथा निर्देशन र रेवन राईको सह–निर्देशनमा नाटक मञ्चन गरियो ।

Bg Hospital

समले विक्रम सम्वत २००० मा लेखिएको यो नाटक साझा प्रकाशनले वि.स. २०३५ मा प्रकाशन गरेको थियो । सौन्र्दयचेत, प्रगतिवाद विचारधारा, पितृसतात्मक मानसिकताको चरमता र पुर्वीय दर्शन मिसिएको यो नाटक नेपाली समाजमा अझैपनि उत्तीकै शान्दार्भिक छ । सत्र वर्षकी कान्तीको भिक्षुणी बन्ने इच्छालार्ई पिताले नर्कादाको परिणाम नाटकमा उत्कृष्ट तरिकाले पस्किएको थियो । नाटकलाई आर्कषक बनाउन धार्मिक संवाद, लोपोन्मुख मारुनी नृत्य, लोक शैलीको भजन तथा लोक गीतले मद्दत गर्यो । १ घण्टा १० मिनेट अवधिको यो नाटकले पोखरामा नाट्य प्रेमीको संख्या बढाउन मद्दत पु¥याएको निर्देशक चे शंकरको विश्वास छ ।

निर्देशक चे शंकर

पहिलोपटक सन् २०१२ बाट’ नाटक लेखन तथा निर्देशनमा सक्रिय बनेका चे शंकरले हालसम्म एक दर्जन बढी नाटक दिर्नेशन गरिसके । उनी नाटक लेखन, निर्देशन तथा प्रशिक्षणमा क्रियाशिल छन् । यसअघि चे शंकरको निर्देशनमा पोखरामा तिर्खा नाटक मञ्चन भएको थियो । उनले न्यारेटर गुप्रका कलाकारलाई ४० दिनको कार्यशालामा पनि सहजिकरण गरेका थिए ।

नाटकमा रोसन ज्ञवाली, सन्दिप पाण्डे, ज्योती हमाल, विष्णु राज तिमिल्सिना, टिकाराम पौडेल, अनुप अधिकारी, श्रृष्टि केसी, सविता सापकोटा, उज्वलराज ढकाल, विनोद रसायली, गौरव पौडेल, दिलकुमारी लक्ष्मी हमालले अभिनय गरे । उनीहरुले आफ्नो भुमिकामा न्याय गर्ने प्रयास गरेकोले नाटक राम्रो बन्यो ।

आफुहरुको पहिलो प्रयासमा नाटक मञ्चन गरेको र आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने न्यारेटर समुहको प्रतिक्रिया छ । पोखरामा नाटक हेर्ने संस्कारको विकास गर्न आफुहरु सक्रिय बन्ने समुहले जनायो ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.