under featured image
Sky Link

वडा नम्वर १ मा मेलमिलाप केन्द्र स्थापना

Above News Headline

पोखरा १७ पुस पोखरा महागनरपालिका वडा नम्वर १ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको विहिबार पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । केन्द्र उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले मेलमिलाप मार्फत समाजमा सद्भाव कायम हुने बताउदै वडा तहका विवाद समाधानमा सहजता आउने बताइन् ।
उनले मेलमिलापकर्ता न्यायिक समितिकै अंग भएको बताउदै पक्ष विपक्ष दुवैलाई सहमतीमा ल्याएर विवाद समाधान गर्न आग्रह गरिन् । मेलमिलापकर्ताको भुमिका स्थानीय सरकार सञ्चालन ऐन र महानगर न्यायिक समितिको कार्यविधि रहेर मेलमिलाप गराउन आग्रह गरिन् ।उपप्रमुख गुरुङले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था रहेको बताउदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम,कर्तब्य र अधिकार बारे जानकारी गराएकी थिइन् । वडा तहमै विवाद समाधान हुदाँ अदालती झन्झट,आर्थिकको बचत, समाजिक सद्भाव र पक्ष विपक्ष दुवैले जित्ने भएकाले मेलमिलाप उत्तम उपाय भएको बताइन् ।
न्यायिक समिति सदस्य पार्वती कार्कीले न्यायिक कामलाई प्रभावकारी बनाउन वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले गरेका व्यवस्थामा टेकेर न्यायिक समितिले काम गर्ने बताइन् ।

Bg Hospital

वडा नम्वर १ का अध्यक्ष शारदाकुमारी पराजुलीले वडामा हुने विवाद समाधानमा मेलमिलाप कर्ताको भुमिका महत्वपूर्ण हुने बताइन् । उनले वडाका विवादलाई महानगर वा अन्य ठाँउमा जाने अवस्था हुन नदिने गरि मेलमिलाप गराउन आग्रह गरीन् । वडा नम्वर १ का अध्यक्ष शारदा कुमारी पराजुलीको अध्यक्षमा भएको कार्यक्रममा नेकपा वडा कमिटि अध्यक्ष दामोदर रिमाल, काँग्रेस वडा सभापति टंकनाथ पौडेल, मेलमिलापकर्ता प्रेमरमण आचार्य लगायतले आआफनो भनाई राखेका थिए ।
पोखरा महानगरपालिकाको न्यायिक समिति गत वर्ष पहिलो चरणमा दश वडामा न्यायिक समिति गठन गर्ने कार्य सम्पन्न गरेको थियो । दोश्रो चरण अन्र्तगत अव महानगरका सवै वडामा केन्द्र स्थापना गरिने न्यायिक समिति सदस्य किशोर बरालले बताए । नेपालको संविधानले स्थानीय तहका विवाद समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना गरेको छ । न्यायिक समितिले वडा तहका विवाद वडामै मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नसक्ने व्यवस्था गरेको छ । तीन भन्दा बढि मेलमिलाकर्ता भएको वडामा समितिले केन्द्र खोल्न सक्छ ।
महानगरका २३ वटा वडामा तीन जना भन्दा कम मेलमिलापककर्ता रहेकोले गत जेठ २६ देखि असार १ गतेसम्म आधारभुत तालिम आयोजना गरि १७४ जना मेलमिलापकर्ता महानगरमा सुचिकृत गरेको थियो । अव २३ वडामा मेलमिलापकर्तालाई तालिम दिएपछि केन्द्र स्थापना गरिएको र अव केन्द्र स्थापना सुरु भएको बतयायिक समिति सदस्य बरालले बताए ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.