under featured image
Sky Link

फियुल बार एण्ड ग्रिलमा The Edge ब्याण्डको प्रस्तुती हुदैँ

Above News Headline

पोखरा, पुष २१

पोखराको लेकसाइडमा अवस्थित फियुल बार एण्ड ग्रिलमा The Edge व्याण्डको २० औँ बर्ष पार गरेको लास्ट सेलिब्रेसनको उपलक्ष्यमा विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । अत्याधुनिक फियुल बार एण्ड ग्रिलमा पुस २५ गते शुक्रबार विशेष सांगीतिक कार्यक्रमको आयोजना हुन लागेको हो । साझँ ६ बजेबाट शुरु हुने कार्यक्रममा ख्याती प्राप्त The Edge व्याण्डले रातिसम्म गीत संगितका माध्येमबाट मनोरञ्जन प्रदान गर्ने छ ।

बारमा ग्राहकलाई पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्दै दि एज् व्याण्डले ‘मेरो आँसु’, ‘सम्झिने मुटु’, ‘लेखिएका शब्द’ जस्ता चर्चित गित प्रस्तुत गर्नेे मिस्टर फ्रेस हाउसका प्रोपाईटर अर्विण गुरुङले जानकारी दिए ।

Bg Hospital

बारमा संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुने भन्दै युवा पुस्ता माझ प्रिय विधाका कलाकारको प्रस्तुती रहने भएकाले पनि युवायुवतीको उपस्थिति धेरै हुने उनले बताए । नयाँ वर्षको आगमनसँगैै खाना र म्युजिकमा झुम्न सबैलाई निम्तो गरिएको उनले बताए । यस सेलिब्रेसनको आयोजकको रुपमा मिस्टर फ्रेस हाउस रहेको छ ।

नेपालमा पहिलो पटक नयाँ प्रविधिको प्रयोग गर्दै पोखराको जिरो कि.मीमा रहेर मिस्टर फ्रेस हाउसले ग्राहक सामु विभिन्न मासुजन्य उत्पादन पेश गर्दै आएको छ भने हाउसले भ्याली भित्ररहेका स्थानमा डेलिभरीको समेत व्यवस्था गरेको छ ।

लेकसाईडका अधिकांश रेष्टुरेन्ट, बार एण्ड ग्रिलमा मिस्टर फ्रेस हाउसको मासुजन्य उत्पादनको प्रयोग गरिदैँ आएको भन्दै ग्राहकहरु यस फ्रेस हाउसप्रति सकरात्मक नै रहेको गुरुङको भनाई छ ।

Trident conecpt
vianet
PCC Mela

Leave A Reply

Your email address will not be published.