under featured image
Sky Link

गैंडाकोट जेसीजको अध्यक्षमा काफ्ले निर्बाचित

गैंडाकोट जेसिजको १४ औं साधारणसभा सम्पन्न

Above News Headline

पोखरा भ्वाइस, २७ पुस

गैंडाकोट जेसिजको १४ औं साधारणसभा तथा १३ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार गैंडाकोटमा भएको अधिवेशनले सुशील काफ्लेलाइ अध्यक्षमा चयन गरेको हो । नवनिर्बाचित अध्यक्ष काफ्लेले गैंडाकोट जेसिजको इतिहासमा सन् २०२० को कार्यकाललाइ स्वर्ण अक्षरले लेख्न योग्य हुनेगरी कार्य गर्ने प्रतिबद्धता गर्नुभएको छ । आफू एक्लै आफ्ना योजनामात्र कार्यान्वयन गर्नेभन्दा पनि सबै जेसिजहरुका योजनालाइ एकत्रित गरेर कार्य गर्ने काफ्लेको भनाइ रहेको छ ।

Bg Hospital

त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा राजेश पौडेल र ईश्वर पौडेल चयन हुनुभएको निर्वाचन आयुक्त एबम पुर्ब अध्यक्ष गोकुल सापकोटाले जानकारी दिनुभयो । संस्थाको महासचिवमा शंकर अधिकारी,कोषाध्यक्षमा सुरज पौडेल तथा कानुनी सल्लाहकारमा दया सापकोटा रहनुभएको छ भने उपाध्यक्षमा अजय पौडेल,सावित्री भन्डारी सापकोटा, हरी पौडेल र प्रकाश भुसाल रहनुभएको छ । त्यसैगरी सहसचिवमा क्षितिज आचार्य, सह कोषाध्यक्षमा टिकाराम पराजुली, अध्यक्ष सल्लाहकारमा रोजन घिमिरे,तालिम आयुक्तमा दिपक सापकोटा, प्रकरण निर्देशकमा मदन सापकोटा,व्यावसायिक वृद्धि निर्देशकमा सुदर्शन भुसाल र जनसम्पर्क अधिकारीमा राम प्रसाद भुसाल रहनुभएको निर्वाचन आयुक्त सापकोटाले जानकारी दिनुभयो ।

शनिबार नै भएको १४ औं साधारण सभामा बर्ष २०१९ मा भएका कार्यहरू समेटिएको महासचिव , कोषाध्यक्षको आर्थिक तथा उपाध्यक्ष हरुको प्रतिबेदन सर्बसम्मले पारित भएको बर्ष २०१९ मा अध्यक्ष भानुभक्त रिमलले जानकारी दिनुभयो । गैंडाकोट जेसिजका पुर्ब अध्यक्ष बद्री सापकोटा प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पुर्ब अध्यक्षहरुले मन्तव्य राख्दै नब निर्बा्चित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रमलाई भब्य रुपमा सफल गराउन सहयोग गर्नुभएकोमा सबै जेसिजहरुप्रती आभार ब्यक्त गर्दै कार्यक्रम संयोजक दिपक सापकोटाले खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि कार्यक्रमहरुको संयोजन गर्न पाउन अपेक्षा गर्नुभयो ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.