under featured image
Sky Link

भीमादको सिद्धगुफामा भ्रमण वर्ष शुरु,१ लाख पर्यटक भित्र्याउने लक्ष्य

Above News Headline

पोखरा भ्वाईस, ८ माघ

नेपाल पर्यटन बर्ष २०२० को अवसरमा तनहुँको भीमाद नगरपालिका वडा नं. ७ धन्धुरस्थित सिद्ध गुफामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिईएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत सिद्धगुफामा भ्रमण वर्षको शुरुवात गरिएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सिद्धगुफा विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुरुवात गरेको हो ।
सिद्धगुफामा आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले भ्रमण वर्षको शुरुवात गर्दै सरकारको अभियानमा सहयोग पु¥याउनु सबैको कर्तव्य भएको बताउनुभयो । पर्यटन समृद्धिको आधार रहेको चर्चा गर्दै मन्त्री लम्सालले सरकारले पर्यटकीय गन्तव्यको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री लम्सालले भ्रमण बर्षलाई बर्षभरीनै उत्सवका रुपमा मनाउन आव्हान गर्नुभयो । स्थानिय स्तरमा रहेका ऐतिहासिक धार्मीक पर्यटकीय स्थल मठ,मिन्दर,प्राकृति प्राचुर्याताका डाँडाकाडा,भ्यूप्वाईन्ट,नदी,नाला,ताल तलैया लगाएतका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा लाग्न स्थानियवासीलाई आग्रह गर्नुभयो ।
मन्त्री लम्सालले गण्डकी प्रदेश प्रकृतिले दिएको स्वर्गको टुक्रा जस्तै रहेको बताउदै प्राकृति,संस्कृति र शाहासिक पर्यटनका लागि गण्डकी प्रदेश उत्कृष्ट रहेको दाबी गर्नुभयो । संसारमा नभएको पर्यटन गण्डकी प्रदेशमा रहेको चर्चा गर्दै पर्यटकको आकर्षण वृद्धि गर्न प्रदेश सरकारले नयाँ योजना अगाडी सारेको बताउनुभयो । उहाँले प्रत्येक जिल्लाका चार÷चार वटा पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माणको लागि प्रदेश सरकारले बजेट बिनियोजन गरी आकर्षीत तथा व्यवस्थित बनाउन लागेको बताउनु्भयो । सोही अवसरमा मन्त्री लम्साल मार्फत भिमादमा रहेका गुरुङ,ब्रहमण,मगर,परियार,विश्वकर्म,मिजार,मुस्लिम लगाएतका जातजातीहरुले आ—संस्कृति देखाउदै भिमाद भ्रमणको निमन्त्रणा दिएका थिए ।

Bg Hospital

कार्यक्रममा भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले नगर क्षेत्रभित्र रहेका पर्यटकीय स्थलको प्रबद्र्धनमा नगरपालिका जुटेको बताउनुभयो । भीमादलाई पर्यटकीय क्षेत्र बनाउने योजानाका साथ अगाडी बढेको बताउदै पर्यटकीय सम्भावना रहेका त्यस्ता किसिमका ठाउँको पहिचान गरी डीपीआर तयार मा जुटेको बताउनुभयो । उहाँले सिद्ध गुफा लगाएतका पर्यटकीय क्षत्रको भ्रमण गरि भ्रमण बर्षलाई सफल बनाउन अपिल समेत गर्नुभयो ।
धेरै भन्दा धेरै पर्यटकलाई सिद्धगुफामा भित्र्याउने उद्देश्य सहित गुफाबाटै भ्रमण वर्षको शुरुवात गरिएको सिद्धगुफा विकास समितिका अध्यक्ष दधिराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटक आकर्षित गर्न गुफाममा पूर्वाधार निर्माण समेत गरिएको छ । गुफाको व्यापक प्रचारप्रसार गरी पर्यटकलाई यस ठाउँमा आकर्षित गर्न पहल गरिने विकास समितिले जनाएको छ ।

गुफा भित्र झन्डै ३ सयजना बस्न मिल्छ । यस गुफामा तीन तलासम्म मज्जाले हिंड्डुल गर्न मिल्छ भने प्राकृतिक रुपमा कुँदिएका विभन्न आकृतिहरु देख्न सकिन्छ । गुफा नजिकै चमेरो गुफा पनि छ । यो नेपालकै लामो भएको सुवेदीले दाबी गर्नुभयो । यहाँ सहज रुपमा सवारीसाधन आउँजाउँ गर्न मिल्छ । ओझेलमा परेको सिद्ध गुफालाई अब चर्चामा ल्याउने उहाँले बताउनुभयो ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.