under featured image
Street Festival

अर्बिट युनिक स्कुलद्धारा क्रिकेट रंगशालालाई ५१ हजार सहयोग

Above News Headline

पोखरा भ्वाइस,  चितवन ९, माघ,

Bg Hospital

भरतपुर महानगरपालिका वडा नम्बर ५, बिकासचोक स्थित अर्बिट युनिक इङलिस स्कुलले रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालालाई ५१ हजार १ सय ११ रुपैयांँ सहयोग गरेको छ । स्कुलले १३औं बार्षिकोत्सवको अवसर पारेर उक्त रकम धुर्मुस सून्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । उक्त अवसरमा स्कुलले साताव्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । सो कार्यक्रमको उद्धघाटन धुर्मुस सून्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले गरेका थिए । उद्धघाटनपछि बोल्दै कट्टेलले विद्यार्थीको लागि सैद्धान्तिक ज्ञान र व्यवहारिक ज्ञानको साथै खेलकुद पनि उत्तिकै अपरिहार्य रहेको बताए । खेलकुदले विद्यार्थीलाई स्वस्थ र स्र्र्फुिर्त बढाउन समेत मदत गर्ने उनको भनाई छ । कार्यक्रममा स्कुलका ईञ्चार्ज नारायण गौतमले खेलकुदको महत्व र औचित्यमाथि प्रकाश पारेका थिए । स्कुलका शिक्षा संयोजक देबी प्रसाद बञ्जाराले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व स्कुलका प्रिन्सीपल रामप्रसाद अधिकारीले गरेका थिए ।

Trident conecpt
vianet
PCC Mela

Leave A Reply

Your email address will not be published.