under featured image
Street Festival

पोखरा महोत्सवमा कखरा डकुमेन्ट्री हेर्न दर्शकको घुइचो

Above News Headline

पोखरा १० माघ 
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा दर्शकको साथ पाउदै गएको छ । माघको १२ गते सम्म सञ्चालन हुने दशौ संस्करणको पोखरा महोत्सवमा दर्शकको उल्लेख्य मात्रामा सहभागीता जनाएका छन । महोत्सवमा रमाइलो संगै शिक्षाको बारेमा जानकारी दिने उद्देश्यले निर्माण गरिएको कखरा नामक वृत्तचित्र हेर्नका लागी समेत महोत्सवमा विद्यार्थी, शिक्षक र अभिभावकहरु आउने गरेका छन । सत्य, तथ्य र अनुसन्धानात्मक डकुमेन्ट्री कखरामा राम्रो शिक्षाका लागी विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकको भुमिका कस्तो हुनुपर्छ, अभिभावकले लापरवाही र विद्यालयका कर्मचारीको लापरवाहीका कारण विद्यार्थीले भोग्नुपर्ने समस्याको बारेमा डकुमेन्ट्रीमा समावेश गरिएकाले डकुमेन्ट्रीले अभिभावक, शिक्षक र विद्यार्थीको मन जित्न सफल भएको डकुमेन्ट्रीका निर्माता बिनोद लामाले वताए ।
एक्स्ट्रा एङ्गल गर्बु फिल्म्स प्रा.लि. काठमाण्डौको ब्यानरमा निर्मित कखरा डकुमेन्ट्रीमा नेपाली रङ्गमन्च क्षेत्रमा ख्यातिप्राप्त कलाकारहरु राजेश हमाल, भुपेन चन्द, गजित विष्ट, सौजन्य सुब्बा, संचारकर्मी श्रीकृष्ण न्यौपाने लगायतका कलाकारहरु छनभने मुख्य कलाकारमा गिनिजबुकमा सवैभन्दा कलिलो उमेरको निर्देशक भनेर नाम लेखाउन सफल ८ वर्षिय बालक सौगात विष्टको समेत अभिनय रहेको छ ।

Trident conecpt
vianet
PCC Mela

Leave A Reply

Your email address will not be published.