under featured image
Street Festival

पोखरा म्याराथन सफल बनाउन आमा समुह, टोल बासी र तमु धिंको साथ

Above News Headline

पोखरा १७ माघ

भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजनागर्न लागेको १४ औं संस्करणको सफलपोखरा अन्तर्राष्ट्रिय म्याराथनसफलबनाउनयति बेलामञ्चले अभियान नै थालेको छ ।

“शान्ति र स्वास्थ्यकालागि” मूलनारासहितफागुन ३ गते पोखरामाहुने म्याराथन सफलबनाउनमञ्चले पोखरा महानगरकाविभिन्न वडा, आमा समुह टोल विकास समितीको भेलाआयोजनागरिरहेको छ । पोखरा म्याराथननेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षितगर्दैपोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको अग्रसरतामाकार्यक्रमआयोजनागर्न लागिएको हो ।

यसै क्रममाशुक्रबार पोखरा वडा नं १ र तमु धिं कास्कीमादुई छुट्टा छुट्टै भेलाहरु सम्पन्नभएको मञ्चले जनाएको छ । भेलामामञ्चले सबै टोलकाआमा समुह र टोल बिकासहरुलाई निम्तो समेत बाँडीरहेको छ ।

पोखरा महानगरपालिका वडा नं १ को कार्यालयमाशुक्रवार आयोजनागरिएको स्थानिय सरोकारवालाहरुसंगको छलफलमा मञ्चकाअध्यक्ष तेज बहादुर गुरुङले आआफ्नो क्षेत्रमा दौडिदै आउने खेलाडीको मनोवलबढाउन सबै स्थानियबासीहरु संग आग्रहगरे ।उनले भने–“पोखरा म्याराथन सिंगो पोखरेलीहरुको आयोजनाभएकोले यसलाई सफलबनाउने कार्य समेत हामी सबैको हो ।”

Bg Hospital

दौड अवधिभर सबै रुटमा आआफ्नो जातीयवा संस्थागत भेषभुषामा सजिएर रहिदिन, वाजागाजा सहितझाँकिसहितउपस्थितहुन, बाटोको दाँयाबाँया घडा, कलशको व्यवस्थागरिदिन, सांस्कृतिक र सन्देशमूलककार्यक्रम गरेर खेलाडीको हौसला वढाउन सकिनेअध्यक्ष गुरुङले आग्रहगर्दै विश्वभरि बाट आउने खेलाडी तथापाहुनालाई पोखरेलीहरुको माया र सदभावपाउने विश्वास व्यक्त गरे । उनले भने–हाम्रो सानो सहयोगले खेलाडीको उत्साहबढाउने काम गर्छ र समाजमा खेलकुद संस्कृतिको विकास हुन्छ” उनले थपे–“खेलकुदको माध्यमबाट विश्वमानचित्रमापोखरालाई परिचित गराउन र नेपाल भ्रमण वर्षलाई समेत टेवापुर्याउनप्रतियोगिताले महत्वपूर्ण योगदानदिनेछ ।”

पोखरा महानगरपालिका वडा नं १ काअध्यक्षशारदा पराजुलीले हामीले वडा नं १ काआमा समूह, स्थानियदाजुभाई, विद्यार्थी लगायत सबैको प्रतिनिधित्वहुनेगरि हरिचोक लगायतकाचार स्थानमा स्वागतको लागितयारीमा रहेको जानकारी दिइन ।

               पोखरा म्याराथनलाई तमु धिंको साथ
आगामीफागुन ३ गते हुनगईरहेको १४ आंै सफलपोखरा अन्तर्रा्ष्ट्रिय म्याराथनकालागिआयोजकभूतपूर्ब खेलाडी मञ्च नेपालले तमु धिं सँग शुक्रबार छलफल गरेको छ ।

बिगत देखिनै तमु धि ंले ठुलो सहयोग गर्दै आएकोमा यस पटक फरक तरिकाले सहयोग गर्न आग्रह गरेको हो । तमु धिआफ्नो छुट्टै पहिचानभएको संस्था भएको हुदाँआफ्नो सस्ंकृती भेषभूषा, बाजागाजापहिचानझल्कने प्लेकार्ड सहित आफ्नो ठाउँबाट सहयोग गर्न भूतपूर्ब खेलाडी मञ्चकाअध्यक्ष तेज बहादुर गरुङले आग्रह गरेका छन् ।

छलफलमा बोल्दै तमु धीको तर्फबाट कार्यबाहकअध्यक्षहुमतमुले यस पटक पनि भूतपूर्ब खेलाडी मञ्च नेपालले गरेको अन्तर्राष्ट्रियको म्याराथनहामि सबैको भएको हुदाँ रुटमा परेका समाजले आफ्नो सस्ंकृती भेष भूषा, प्लेकार्ड सहित र रुटमा नपर्नेहरु रंगशालामाजानआग्रह गरेका छन् ।

Trident conecpt
vianet
PCC Mela

Leave A Reply

Your email address will not be published.