under featured image
Street Festival

हिसान कास्की आइडल–२०७६

हिसान कास्कीको लोकनृत्य प्रतियोगिता

Above News Headline

पोखरा, १७ माघ, उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल कास्कीले यही २०७६ माघ १८ गते “दोस्रो हिसान कास्की लोकनृत्य प्रतियोगिता तथा प्रथम हिसान कास्की आइडल–२०७६” आयोजना गर्ने भएको छ ।
आफ्ना सदस्य विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने उद्धेश्यका साथ वार्षिक कार्यतालिका अनुसार माघ १८ गते अडिसन राउण्ड हुने जानकारी दिदै उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी हिसान कास्कीका सचिव दिवाकर जैसीले दिएका छन ।

Bg Hospital

उक्त कार्यक्रमको अडिसन राउण्ड यहि माघ १८गते पोखराको गैह्रापाटन स्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने हिसान कास्कीले जाानकारी गराएको छ । उक्त अडिसन राउण्डमा सहाभागि विद्यालय तथा कलेजहरुका प्रतिस्पर्धीहरु मध्येबाट अंकका आधारमा उत्कृष्ट १० जना छनोट गरी माघ २३ गते ‘ग्राण्ड फिनाले’ मा प्रतिस्पर्धा गराईनेछ ।
हिसानकास्कीमा आबद्ध ६८ वटा विद्यालय तथा कलेजहरुमा अध्ययनरत कक्षा ११ देखी स्नातकोत्तर सम्मका प्रतिस्पर्धीहरुले नृत्य प्रतियोगितामा भाग लिने हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्माले जानकारी दिए । उक्त कार्यक्रम सम्पन्न गर्नका लागि अनुमानित ५ लाख खर्चहुने कोषाध्यक्ष ढाकाराम कडेलले बताए।

Trident conecpt
vianet
PCC Mela

Leave A Reply

Your email address will not be published.