under featured image
Street Festival

कोरोना भाईरसको शंका गरिएका चिनिया नागरिक सम्पर्क विहिन

विश्व स्वास्थ्य संगठनका प्रतिनिधी भन्छन्–फोन ट्रापिङ गर्दा पनि उनिहरु कहा छन् भन्ने थाहा भएन

Above News Headline

पोखरा, २ माघ, गत हप्ता पोखरामा टिपिकल कोरोना भाईरस अनुमान गरिएका दुई जना चिनिया सम्पर्क विहिन वनेका छन् । यहि माघको ११ गते वेलुकी चाईनिज एक पुरुष र एक महिलामा सिजनल प्mलु देखिएको थियो । लक्षण र उनिहरुको भनाईलाई आधार मान्दै पोखरा लेकसाईडमा रहेको स्वाकन ईन्टरनेशनल हस्पिटलका मेडिकल अफिसर डक्टर दिपेन्द्र थापाले विरामीका चाईनिज डक्टरसँगको परामर्श गरेर उनिहरुलाई कोरोना भएको आशंका सहित मनिपाल शिक्षण अस्पतालमा तत्कालै रिफर गरिएको थियो । तर मनिपाल रिफर भएपछि मनिपालले पनि त्यसको वारमा एकिन तथ्याङक नदिदा उनिहरु कहा र कस्तो अवस्थामा रहेका छन् भन्ने कुनै सुचना थिएन । यहि विषयमा पहिलो पोष्ट डटकमले गत १५गते पोखरामा कोरोना भाईरसको आशंकमामा चिनिया पर्यटक भेटिए भन्ने शिर्षकमा समाचार प्रकाशन गरेपछि यसको वारेमा विश्व स्वास्थ्य संगठनको पनि ध्यान आर्कषण भएको थियो ।
समाचारलाई आधार मान्दै विश्व स्वास्थ्य संगठन गण्डकी प्रदेश प्रतिनिधी राजिव लालचनले यो विषयमा फलोअप गरेपनि उनिहरुको वारेमा केहि जानकारी नभेटिएको पहिलोपोष्ट डटकमलाई जानकारी दिए । उनले भने–“समाचार आए पछि हामीले यस विषयमा खोजी गरेका हौं तर हाम्रो जानकारीमा सिजनल फ्लु मात्रै भएको भन्ने आयो अरु कुनै खवर छैन ।” पटक पटक ताकेता र फलोअप गर्दा पनि मनिपाल अस्पतालले यसको वारेमा कुनै जानकारी विश्व स्वास्थ्य संगठनका प्रनिधिलाई दिएन । अन्ततः स्वाकन ईन्टरनेशनल हस्पिटल लेकसाईडमा रहेको तथ्याङकका आधारमा ती विदेशीको पासपोर्टको फोटोकपी विश्व स्वास्थ्य संगठनले लिएको छ ।

Bg Hospital

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनश्वास्थ्य अधिकृत वावुराम आचार्यका अनुसार मनिपालले पनि राम्ररी यसको वारेमा कुनै जानकारी नभएको भन्दै टारेको थियो । उनले भने–“हामीले समाचारको आधारमा फलोअप गरेका हौं तर मनिपालावाट पनि उनिहरुको वारेमा एकिन सुचना आएन ।
शंका गरिएका चाईनिजहरु अहिले कहा छन् भनेर मोवाईल ट्रयाकिङ गरेको भए पनि पत्ता लगाउन नसकेको समेत अधिकृत आर्चायको भनाई छ । उनले भने–“हामीले एक दिन पुरै खोज्यौ तर भेटिएन देश वाहिर गए की यहि छन् यो विषयमा ईमिग्रशनसँग पनि सहकार्य गरेर खोजि गर्छौ ।”
उनिहरुको उपचारमा संलग्न डक्टर दिपेन्द्र थापाका अनुसार उनिहरुमा देखिएको सवै लक्षण हेर्दापुर्ण रुपमा टिपिकल कोरोनाकै थियो ।” उनका अनुसार परिक्षणको रिर्पोटले प्रमाणित नगरे सम्म कोरोना भन्न मिल्दैन । उनका अनुसार माघको ११ गते आईतवार वेलुकी उनिहरु भर्ना हुने वित्तिकै कोरोना भएको अनुमान गर्दै उनिहरुलाई जानकारी गराएको र विरामी चाईनिज जोडीले पनि चिनमा उनिहरुको डक्टरलाई फोन सम्पर्क गराएर कुरा पनि गरे । उनले भने–“चिनको डक्टरसँग मैले भएको कुरा डिटेल भनेपछि कोरोनानै भएको हुनसक्ने अनुमान गर्दै चिनका डक्टरले अलि ठुलो अस्पतालमा रिफर गरिदिनुस् भने पछि मैले मनिपाल रिफर गरेको हो ।”

Trident conecpt
vianet
PCC Mela

Leave A Reply

Your email address will not be published.