under featured image
Sky Link

द डाईमण्ड सिन्गिंग एण्ड डान्स २०७६ को उपाधि दिक्ष्या राना, एलिसा गुरुङ र बिकाश फगामी मगर लाई

नन्द ईन्टरटेन्मेण्ट हाउस को आयोजनामा द डाईमण्ड सिन्गिंग एण्ड डान्स २०७६ पोखरामा शनिबार सम्पन्न

Above News Headline

नन्द ईन्टरटेन्मेण्ट हाउस को आयोजनामा द डाईमण्ड सिन्गिंग एण्ड डान्स २०७६ पोखरामा शनिबार सम्पन्न भएको छ । आयोजित डान्स विधामा दिक्ष्या राना लिटिल डाईमण्ड तर्फ एलिशा गुरुङ र गायन विधामा बिकाश फगामी मगर प्रथम स्थान हात पार्न सफल भएका हुन् । डान्स तर्फ द्वितीय रोमोन मगर तृत्तीय पुजा राना मगर र लिटिल डाईमण्ड तर्फ द्वितीय अशिम सापकोटा र तिर्त्तीय वर्षा घले गायन तर्फ द्वितीय बिबश नेपालि तिर्त्तीय प्रदिप गुरुङ ले पाएको जानकारी कार्यक्रम संयोजक मिलन नेपालीले जानकारी दिनुभयो ।

प्रतियोगिताको निर्णायकमा अभिनेता तथा नृत्य निर्देशक धर्मेन्द्र पौडेल , नितु गुरुङ र सृजना गुरुङ र गायन तर्फ संगीतकार एबम संगीत प्रशिक्षक करण तामाङ्ग , गायक ओम गुरुङ , गायिका कमला सुनार रहेका थिए । चितवन र पोखरा बाट कुल १४० जना को सहभागिता थियो । छनोट चरण बाट १५ जना नृत्यमा र गायनमा १० जना ग्रान्ड फिनालेमा पुगेका थिए ।
यसअघि प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री का राजनीतिक सल्लाहाकार गोबिन्द नेपालिले उद्धघाटन गरेका थिए ।
नन्द ईन्टरटेन्मेण्ट हाउसका प्रबन्धक निर्देशक नन्द सिङ्गको अध्यक्षतामा भएको उत्त कार्यक्रमको संचालन देवेन्द्र शाही र इसु श्रेष्ठ गरेका थिए ।

Bg Hospital

भिडियो लिंक 

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.