under featured image
Sky Link

१०० जना नेपाली २ दिन देखि दार्चुलाको महाकाली नदि पारी भारततर्फ नदि किनारामा बिचल्ली

Above News Headline

पोखरा भ्वाइस सम्बाददाता, चैत्र १४ 

भारत बाट आएका झन्डै १०० जना नेपाली २ दिन देखि दार्चुला को महाकाली नदि पारी भारततर्फ नदि किनारा मा बिचल्ली । नेपाल प्रवेश को तीब्र प्रतीक्षा रहे पनि नेपाल सरकारले ठोस र शिघ्र निर्णय नगर्दा आफ्नै नागरिकहरु बिचल्ली मा परे जस्तो भएका छन। रोजगारिको क्रममा भारतको विभिन्न शहर गएका नेपालिहरु कोरोनाको त्रासका कारण स्वदेश फर्केका हुन । उनिहरु चैत्र १२ गते साझदेखी महाकाली नदि किनारामा बास बस्न बाध्य भएका हुन ।

Bg Hospital

एकातर्फ बैधानिक नाका हुदै नेपाल प्रबेश गर्न चाहने नेपालीहरुको यो हाल रहेको छ भने अर्को तर्फ अबैध नाका हुँदै महाकाली नदि ट्युब को सहाराले पार गरि नेपाल प्रबेश गर्नेको संख्या धेरै भै सकेको छ। बैध बाटो बाट नेपाल आइ कोरेन्टाइन मा बस्ने हरु बाट भन्दा अबैध नाकाबाट नेपाल प्रबेश गरेर आ- आफ्नो घर जाने ब्यक्तिहरु बाट कोरोना भाइरसको संक्रमण फैलने जोखिम उच्च रहने भएकोले सरकारले बेलैमा बिचार पुर्याउनु जरुरी छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.