
पोखरा भ्वाइस सम्बाददाता, चैत्र १४
पोखरेली निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्म ‘पन्चेबाजा’ युट्युबमा रिलिज भएको छ । फिल्ममा सौगात मल्ल, कर्म, बुद्धि तामांग, जस्मिन श्रेष्ठ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सविना बास्तोला, प्रमिला तुलाचन, बिमला गिरी , युबराज भण्डारी, तेज गिरी लगाएतका कलाकारको अभिनय रहेको छ । २०७४ फाल्गुन ११ गते हलमा रिलिज भएको फिल्मले मिश्रित दर्शक प्रतिक्रिया पाएको थियो। नेपाली फिल्मका समिक्षकहरुले भने निर्देशक लामिछानेको र फिल्मको पटकथा प्रदिप भारद्वाजको तारिफ गरेका थिए। फिल्मको कथा पटकथा प्रदिप भारद्वाजले लेखेका हुन् । फिल्ममा जेशन कुँवर (नाइट ब्याण्ड) को पार्श्व संगीत, हरि घले लामाको छायांकन, दिर्घ खड्काको सम्पादन, राजकुमार उप्रेतीको द्वन्द रहेको छ । फिल्मका निर्माता राजेश शाही हुन् । अहिले नेपाल लक डाउनमा भएको बेला धमाधम नयाँ नयाँ नेपाली सिनेमा युटुबमा रिलिज भाईरहेका छन हेरौ पञ्चेबाजा ले दर्शकको कस्तो प्रतिकृया पाउछ।

फिल्म हेर्नुस :