under featured image
Sky Link

आफ्नो देश फर्कन आतुर भारतीयहरु पैदल नै घर फर्कदै

Above News Headline

चैत्र १६

तेस्रो देशबाट आएका पर्यटक मात्र होइन नेपालमा रहेका छिमेकी रास्ट्र भारतका नागरिकहरुलाइ पनि स्थानीय प्रशासनको सहयोगमा स्वदेश फर्काइएको छ।

Bg Hospital

कंचनपुर र कैलाली छेत्रमा काम गर्ने ९३ जना मजदुरहरु आज बिहान ९ बजे कंचनपुरको गड्डाचौकी नाका हुँदै पैदल नै भारततर्फ फर्किएका हुन् । तेसैगरी पर्साको बिरगंज/रक्सौल नाका हुँदै पनि आज बिहान झण्डै १५० जना भारतीय नागरिकहरु पैदल नै स्वदेश फर्केका छन् । निजहरुलाइ स्थानीय प्रशासनले गाडिको ब्यबस्था गरि सिमा छेत्र सम्म पुर्याएर सहयोग गरेको थियो। नेपाल सरकारले आफुहरुलाइ सहयोग गरेको भन्दै घर फर्कने भारतियहरुले खुशी व्यक्त गरेका थिए ।

उता दार्चुला को महाकाली नदि पारी अलपत्र परेका २२५ जना नेपालिहरुलाइ स्थानिय प्रशासनको सहयोगमा नेपाल प्रवेश गराइएको २४ घन्टा नबित्दै पुन: सोही ठाउँमा झण्डै २०० जना नेपालिहरु भारतका विभिन्न ठाउँहरुबाट आइ भेला भै बसेका हाम्रा स्थानीय सम्बादाताले जनाएका छन् ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.