under featured image
Sky Link

ट्रम्पले मानेनन् न्यूयोर्कलाई लकडाउन गर्न 

Above News Headline

चैत १६, वाशिङ्टन डीसी (अमेरिका)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहर लकडाउन गर्न मानेन् । दुई हप्तासम्म शहर बन्द गर्ने निर्णय बेठिक रहेको भन्दै उनले यात्रासम्बन्धी चेतावनी जारी गरेका छन् ।

न्यूयोर्कमा महामारी चुलिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले स्थानीयबासीलाई अत्यावश्यक बाहेक अन्य परिस्थितिमा घरबाहिर ननिस्कन भनिरहेको छ । संक्रमण नियन्त्रण गर्न शहरलाई लकडाउन गर्नु बाहेकको विकल्प छैन । तर यस्तोमा ट्रम्पले भने ट्वीटमा न्यूयोर्कमा क्वारेन्टाइनको जरुरत नभएको बताएको हुन् ।

स्थानीयबासीलाई अन्य राज्य र शहरको भ्रमणमा जाँदा वा न्यूयोर्क प्रवेश गर्दा क्वारेन्टाइनमा राख्नु पर्दछ भन्ने चौतर्फी माग गरिएको छ तर राष्ट्रपति ट्रम्पले यस्तो धारणा नै गलत रहेको दाबी गरेका छन् ।

Bg Hospital

न्यूयोर्कका गभर्नर एन्ड्रूउ कुमो र न्यूजर्जीका गभर्नर नेड लामोन्टले भने उनको भनाइप्रति असन्तोष व्यक्त गरेका छन् । वित्तीय क्षेत्रमै संकट आउने भन्दै दुबै गभर्नरले मानिसको आवतजावतमा कडाई गर्नुपर्ने चेतावनी दिएका छन् ।

‘ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको सुझाव तथा न्यूयोर्क, न्यूजर्जी र कनेक्टिकट राज्यका गभर्नरसँगको परामर्शपछि मैले सीडीसीलाई कडा ट्राभल एड्भाइजरी जारी गर्न आदेश दिएको छु ।’ ट्वीटमा ट्रम्पले भनेका छन् ।

त्यसलगत्तै सीडीसीले तत्काल लागू हुनेगरी १४ दिनसम्म अतिआवश्यक परेको अवस्थामा बाहेक तीनओटा राज्यमा यात्रा नगर्न र घरभित्रै बस्न तीनै राज्यका स्थानीयबासीलाई आग्रह गरेको छ ।

अहिले विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा छन् । करीब सवा १ लाख संक्रमितमध्ये न्यूयोर्कमा मात्र ५३ हजारभन्दा बढी छन् । न्यूयोर्कमा शनिवार मात्र १५५ जनाको मृत्यु भएको छ, र यो सहित न्यूयोर्कमा कुल मृतकको संख्या ६७२ जना पुगेको छ । रासस/ एएफपी

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.