under featured image
Sky Link

बाबुआमाले अलपत्र छोडेका चार बच्चाहरुको कथा (भिडियो)

कार्यक्रम “नदुखुन मनहरु”

Above News Headline

पोखरा भ्वाइस सम्बाददाता,

निर्दयी बाबु – आमाले ४ बच्चा जन्मेपछि ती बच्चालाई अलपत्र छोडेर बाबु अर्कै श्रीमती र आमा अर्कै श्रीमानसंग भागेपछी लेबर काम गर्दै १३, ११ र ८ बर्षको भाईबहिनीको लालनपालनको जिम्मेवारी सम्हालेलेकी १८ बर्षकि उर्मिला रिजालको वास्तविक संघर्षको कथाकथा  “नदुखुन मनहरु” को नयाँ भाग लिएर आएको  निर्देशक परिच्छेद सेनले बताए।

Bg Hospital

उर्मिलाको संघर्षको कथा हेरेर धेरै सहयोगी मनहरुले सहयोग गर्न खोजिरहनु भएको र उर्मिलाको सम्पर्क ठेगाना मागिरहनु भएको छ । हामीलाई पनी जती सक्दो धेरैलाई सहयोगीहरुलाई उनीकहा पुर्याउन मन थियो । तर उर्मिलाको सहयोगको लागी धेरै भन्दा धेरै महानुभाबहरुको जमघट हुनसक्ने सम्भावना भएको र कोरोना भईरसको संक्रमणको जोखिमले गर्दा यो सक्रमण रहुन्जेल उनीहरुको सम्पर्क र ठेगाना सार्बजनिक नगर्न अनुरोध आएको छ । उनको सम्पर्क ठेगाना सार्बजनिक नगर्ने निर्णय हाम्रो आफ्नो निर्णय होइन , स्वयं निर्मला र उनि बस्दै आएको घरबेटी र छरछिमेकीको आग्रह हो, कार्यक्रम प्रस्तोता तथा अभिनेता तेज गरीले  बताएका छन।

हामीले दुखका कथाहरु धेरै लेख्यौ,धेरै पढ्यौ ,धेरै हेर्यौ र धेरै देखायौ । अब पढेर ,लेखेर , दुख देखाएर मात्र हुदैन । दुख, समस्या समाधनका निम्ति आफुले सकेको कोसिस पनि गर्नु पर्छ । हामीले “नदुखुन मनहरु” मार्फत आफुले सकेको प्रयास गरेका छौ र एक दिन , एकछिन भए पनि केहि अनुहारमा खुसि ल्याउने प्रयास गरेका छौ – परीच्छेद सेन र तेज गिरी ।
कथा ब्यथाको भिडियो लिंक 

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.