under featured image
Sky Link

दिलिप श्रेष्ठको उपहार ‘सानु तिमी’

दिलिपको गायन जोश तारिफ योग्य

Above News Headline

पोखरा भ्वाइस संवाददाता, बैशाख ६,
दिलिप श्रेष्ठ – खासमा उनको कर्म हो टेलिभिजन तथा म्यूजिक भिडियो । अरुका कर्महरुलाई समाचारमा उतार्ने र शव्द संगीतलाई दृश्यमा रुपान्तरण गर्दैमा उनले जीवनका धेरै हिँउद वसन्त बिताएका छन् । नेपाल हो, जहाँ उनी हुर्के, बढे, पढे र आफ्नो कामले चर्चित नाम वा पृथक पहिचान बनाए । तर कर्मको फल वा भाग्यको खेल जे भनौं उनका लागि नेपालमै बसेर आफ्नो रोजाईको कर्म र धर्म पुरा गर्ने अवसर जुरिरहेन् ।

फलतः उनी कर्म गर्ने शिलशिलामा डेढ दशक अधि दिलिप श्रेष्ठ जापान पुगे । जापान धेरैको सपनाको शहर । विदेशिएपछि धेरैले देश बिर्सन्छन् भनिन्छ, तर उनी अपवाद बने । उनले नेपाल रहदा भन्दा ज्यादा कर्म नेपालकै लागि, नेपालीकै लागि गरिरहे । यसो पनि भन्न सकिन्छ, भौतिक रुपमा उनको बसाईं जापान भयो, तर काम चाँहि सदावहार नेपालकै गीतसंगितका खातिरदारीमा बित्यो ।टेलिभिजनको पर्दा र म्युजिक भिडियोमा रमाउदै आएका दिलिप श्रेष्ठ यदाकदा साथीहरु माझ गीत पनि गुनगुनाउथे । त्यतिवेला धेरैले गायक बन भनेर उक्साउथे । तर दिलिप वास्ता गर्दैन थिए । उनलाई पनि मनमा चाहि कहिले काही गाईदिउ की जस्तो भने लाग्थ्यो । स्वर ताल केहि नमिलेका गीतको भिडियो बनाउन उनका यदाकदा केहि गायक गायिका पुग्दा मन मनै सोच्थे- ‘यिनीहरुको भन्दा त मै राम्रो गाउछु बरु ! बित्था मा किन गायनमा आउन रहर गरेका होलान् ?’ तर टेलिभिजनको कार्यक्रम उत्पादन तथा निर्देशन गर्दा अनि म्युजिक भिडियोमा संक्रिय हुदा कहिल्यै गायक बन्ने जमर्को गरेनन् ।

भाग्यका लहरमा लहरी लहरी जसै उनी पुगे कर्म गर्ने शिलशिलामा डेढ दशक अधि जापान अनि उनको त्यो उनमा सुसुप्त र साथी भाईको उक्साहटमा दमित गायन भाव प्रष्फुटित भयो । एक वर्ष अघि नेपाल आउदा भने उनलाई पनि गीत गाउने जोश चल्यो । अनि गायक संगीतकार गीतकार रर्यापर आदि धेरै कुरामा आफुलाई प्रमाणित गरिसकेका अराज केशव अनि त्यस्तै अर्का मल्टी ट्यालेन्ट मोहित मुनालसंग सहकार्य गर्दै एउटा गीत रेकर्ड गराए आफ्नै स्वरमा ।

Bg Hospital

अराजको शब्द संगीत अनि मोहितको संगीत संयोजन गरेको ‘सानु तिमी’ बोलको गीत दिलिपको नयाँ पहिचान र दर्शक श्रेतालाई उपहार बनेर बजारमा आईसकेको छ । त्यो गीतमा उनको कला र गला उनलाई असाध्यै सुहाएको पनि छ । पहिलो रचना वा कीर्ति सबैलाई प्यारो हुन्छ, विशेष हुन्छ, दिलिपलाई पनि यसले पाएको उत्साहजनक फिडव्याकले हौस्याउदै लगेको छ । अरु उर्जा थप्दै लगेको छ ।ढिलै भए पनि गायनमा हात हालेका दिलिपले टाईममै गायनमा आएको भए राम्रै पहिचान बन्ने छनक पनि देखिएको छ, उनको पहिलो गायन कलामार्फत । गीतको भिडियोमा बिक्रम भण्डारीको संपादन छ । निकै लामो समयदेखि संगीतसंग निकट रहेको परिणाम यो गीत जन्मिएको उनी बताउँछन् ।

जापान पुगेपछि पनि साँगीतिक माहौलमा पुग्दा गुनगुनाउने बाहेक गाउने काम कहिल्यै गरेनन् उनले तर नेपाल र जापान ओहोरदोहोर गर्ने दौरानमा नै उनमा लुकेको गायकी अन्ततः लाखौं दर्शक श्रोताको लागि कठघरमा आईपुगेको छ । आशा गरौं, दिलिपको नियमित कर्मका अलवा थपिएको गायकीले उनलाई सूर्योदयको देश जपानदेखि हिमालयको देश नेपालको गित संगित दुनियाँमा मात्रै सीमित गर्नेछैन ग्लोबल्ली फरक रुपमा थप स्थापित गर्नेछ ।

गीतको लिरिकल भिडियो

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.