under featured image
Sky Link

आमा औशी ! (कबिता )

तिर्थराज सुबेदी

Above News Headline

आमा औशी ! तिर्थराज सुबेदी

सालबाह्र थियो त्यो चैत्र महिना पन्ध्रगते रातमा
जन्मे च्याच्या गरी यो पुन्यभुमिमा आमा केबल साथमा
जन्म्यो पुत्रभनि सकलजनले गानाबजानागरि
च्यापि काखमहा पिलाई दुध त्यो प्राणै बचायौ हरी

हातखुट्टा पनि त्यो चलाई मैले गर्भमा हुँदाअति
लात्तिमारी कन खेलेर भुमरी दिए हु दु ख कति
धारा दशदुधको पिएर आमाको प्राणै चुसेको थिए
तिम्रै गास पनि गरेर झगडा मैले लुटेको थिए

धन्य आमातिमि  सहेर दिलको त्यो घाउ चोट पनि
राख्यौ क्या सुखमा मलाइ दुखमा आफै ससारे बनि
अङ्कमालै गरि देखाई ममता गरेर चुम्वनत्यो
देख्यौ स्वपना भुभार हरने सपुत बन्लानि यो

Bg Hospital

आजबृद्धा भयौ असक्तबनी चल्दैनन ओठहरु
रुदै छौ नि तिमी धिक्कारी मन त्यो सहेर चोटहरु
पाइनौ कही कतै सहरा तिमीले त्यो अर्ध चेत हुँदा
पापी पुत्र बनिजिए छु आहिले चम्धारा तिमी रुदा

खानी खर्च केहि नहुँदा घर मा रुदैछन आमाउता
पस्दै होटल मापिएर झोलात्यो बम्की रहेछु म ता
मै हु बीर भनिदेखाई त्यो बन्दै छु हिटलर

आमाको महत्व नबुझ्दा अहिले के बाच्नु मैले छ र

तिम्रै काखै महामाया र ममतापाएर हुर्केको छु
आमा बुबु भ नि लुछेको फरिया भुसुक्कै बिर्सेको छु
पापै पापबोकी जिएछु अहिले बनेर मुर्दा कन
पापी सन्तानको नहेर मुख यो आमापबित्रै बन

तिर्थराज सुबेदी
मादी १०, तकौली
हाल पोखरा १३, अन्नपुर्णटोल

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.