under featured image
Sky Link

कोरोना कहरः गाउँमा सवैका दुःख साझा, शहरमा मनोपोली

गौरव त्रिपाठी

Above News Headline

बैशाख ११, गौरव त्रिपाठी

गाईहरु आफ्नो गोठ फर्कन पायर खुसी छन् त्यसतै गाउँमा मानिसहरु आफ्ना नाती नातीना छोरा वुहारी देखेर  बुढा भएका बाबा आमा खुसी छन् । रितो घर भरिएको छ । खाली बगीरहने  पधेराका धाराहरुमा मानिस देखिन थालेका छन् । घर लिपोत भयका छन् ।

बुडि आमा आफ्नो नाति देखेर दङ्ग छिन् । आज भोलि उनिलाई भोक लागेको छैन  किन भने उन्का आखा अगाडि आफ्ना हुर्क्दै गरेको सन्तान देखेकि छन् । गाउँ दशै जस्तै रमाइलो  भएको छ । गाउँ नजिकै  रहेको मुल्यान खेतमा छोरा बुहारीले काक्रा र घिरौला लगायका छन् । छोरा ले त सानोमा यहि खेतमा  पानी लगायो खेत खन्यो जोत्यो तर अहिले नाति पानी को गिलिन देख्यो भने के हो यो भाडो भन्छ हुजुर आमालाई गाउँको गोठको, छिमेकीको वाख्राको वारेमा प्रश्न गर्छ ।

हजुरबुबाले गरेका दुःख नातीलाई के थाहा छ र  खै छोराले त भुली सक्यो होला । खेत मा निलो गन्य उमरेर खेतको गहरो पनि राम्रोँसग देखिदैन । छोरो दसैंमा सपरिवार गाउँ आउदा मुस्किलले पाँच दिन बस्ने गरेको थियो तर अहिले छोरो गाउँ मा महिना दिन हुन लागिसक्यो बसि रहेको छ । उस्की  श्रीमतीले बजारमा दैनिक विभिन्न प्रकारको खाजा तरकारीहरु खाने बानीपरेका  उनीहरु गाउँमा रोटि मकै र पुवा खाजा पच्दैनन्न । बुहारीलाई महिना दिन पुरै बर्ष जस्तो लागेको छ । नातिले घरमा मोहि पार्ने ठेकी पहिलो पल्ट देखे को छ  मदानीले दहि मोथेर नौनी निकाल्दा दहिखादा नाती अच्ममम छ हरेक वस्तुको वारेमा नाती हजुरआमालाई प्रश्न गर्छ । पहिला आउदा घर मा दुहुनो थियन, तर अहिले घरमा  दूध छ नाति ले सधै पोकाको दुध खाने गरेको अहिले भैंसी को तिखर दुध पच्न गाहरो  भएको छ । हजुर आमा नातिलाई खाना खुवाउन पाउँदा निकै खुसी  छिन । नाति हरेक कुराहरुको जिज्ञासु भयर प्रश्न सोध्दा अचम्म परेकी छन् घरी अङग्रेजीमा सोध्छ हजुर आमालाई भने महाभारत रामायण गौरीपुराण का कथा मात्र आउछ ।

Bg Hospital

जीवन को अन्तिम समय भनेको दुखको साथी गाउँ नै रहे छ । अहिले गाउँ रमाइलो मात्रै छैन शहर पसेका नब धनाड्रयहरुलाई रामो ब्यबहारिक शिक्षा पनि सिकाय को छ । गाउँमा कति अभाव रहेछ त्यो पनि बुझेको छ छिमेकीकोमा के तरकारी पाक्यो नाति ले थाहा पाउन थालेको छ शहरमा कहिलै अरुको घरमा के को तरकारी पाक्यो उसलाई थाहा थियन । छिमेकीको तरकारी बारे मा उ आफ्ना बुवा सग सोधपुछ गर्छ र भन्छ बाबा किन यहाँ सागमा चामल हालेका किन दुध धेरै हुन्छ । पानी लिन किन पधेरा जानू पर्छ अनि किन यहाँ फुल धेरै छन् भन्ने जस्ता गाउँ देखेका आफ्ना मनोभावनाहरु बबा सगँ  सगँ राखेको छ । गाउँ दया माया र करुणा को प्रतिमुर्ति हो । गाउँमा कसैको दु:ख गाउँमा सबैले बाड्छन् तर शहरमा त्यो कहिल्यै  सम्भबनै छैन।

गाँउमा २१ जना सदस्य भएको  परिवार काठमान्डौबाट पोखरा आएको छ  । उनीहरुलाई गाउँका समस्या नौला भने लाग्दैनन् कीनकी गाउँमा पानी वाटोको समस्या वाल्यकालदेखिनै भोगेका थिए ।तिनै समस्या झेल्न नसकेर शहर पसेका मान्छेहरु अहिले पनि समाजमा तिनै समस्या सगँ जुधीरहेका छन्  गाउँमा वस्ने वृद्ध  आमाहरु ।   गाउँमा किन पानी वाटो स्वास्थ्य सेवा पुग्दैन भन्ने प्रश्न उनीहरुले कहिल्यै उठाएनन् यी त प्रतिनिधी पात्र मात्र हुन् । दुःख पर्दा गाउँ सम्झनेहरुले किन सुःख पर्दा गाउँ भुलेका छन् । परिवारको यो त उदाहरण पात्र मात्र हुन्   । गाउँमा  यस्ता समस्या दर्जनौ छन् तर पनि गाउँमा हुर्केका ति व्यक्ततिले सामन्य ख्याल नगर्दा गाउँमा आभारभुत कुराहरुको पहुच पुग्न सकेन ।

तर अहिले समय परिवेश वद्लिएको छ । सुनसान देख्खीने ठाउँहरुमा मानीसहरुको चहलपहल देखिन थालेको छ । म पोखरा महानगरपालीका वडा नम्वर २४ कास्कीकोटमा वस्छु । जुन महानगर पालीका देशकै ठुलो महानगरपालीका हो । महानगर भएको केही वर्ष हुदा समेत यहाँ जिवनका आभारभुत सेवाहरु समेत प्रयोग गर्न नपाउदा ठुलो महानगर को पारानै ठुलो भन्ने जस्तो लाग्छ । कोरोना जोखिले गाउँ फर्केकाहरु गाउँमानै वस्ने वातावरण अव कहिले कसरी होला यो आम जनाता र सरकार विच ठुलो प्रश्न वनेको छ । दुःखमा गाउँ सम्झनेले सुःखमा शहरको प्रदुषण सम्झे अव गाउँ नै सम्झनेकी ?

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.