under featured image
Sky Link

सन्चारकर्मी खेलेको शर्ट फिल्म राहत (भिडियो)

Above News Headline

पोखरा भ्वाइस सम्बाददाता, बैशाख १७, एक्सन चलचित्र नाइके का कलाकार एबम रङकर्मी  रेम बिक,  (चलचित्र पत्रकार संघ कास्कीका पुर्व अध्यक्ष) पुराना रङकर्मी तथा पत्रकार बिभु भुसाल अनि सन्चारकर्मि अनिशा श्रेष्ठ आदि अभिनित र नेत्र गुरुङ निर्देशित शर्ट फिल्म  ‘राहत’ रिलिज भएको छ ।

कोरोना भाइरसबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरेसंगै मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुर तथा विपन्न वर्गलाई परेको समस्या र उनीहरुका लागि भनेर छुट्टाईएको राहतमाथीको भ्रष्टाचारलाई शर्ट फिल्म ‘राहत’ मा देखाउन खोजिएको छ ।

त्यसो त लकडाउनले समाजका थुप्रै पक्षलाई उत्तिकै समस्यामा पारेको छ । र, त्यस्ता केही पक्षलाई त झन् यसले निकै आहत पु¥याएको छ । ‘कोरोना संक्रमणको विश्वव्यापी असरलाई कम गर्न नेपाल सरकारले लकडाउन गर्दा मजदुर तथा विपन्न वर्गका समस्या र उनीहरुका लागि भनेर छुट्टाईएको राहत सहि ठाउँमा नपुगेको खबर सुन्दा नरमाईलो लाग्छ।’ निर्देशक नेत्र गुरुङले भने–‘यही कुरालाई हामीले सिम्बोलिक रुपमा यो फिल्ममार्फत भन्न खोजेका हौँ ।’

Bg Hospital

नेत्र इन्टरटेनमेन्ट प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक छोटो फिल्ममा जक्शन डटकमले विशेष सहकार्यमा निर्माण भएको फिल्मलाई प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन् । फिल्ममा समावेश ड्रोन फुटेज भने मिलन थापाले खिचेका हुन । फिल्मको सहनिर्देशक तथा लेखक भरत छन्त्याल हुन् । नेत्र इन्टरटेनमेन्टले कोरोनाको प्रकोपसँगै नेपालमा गरिएको लकडाउनले समाजको विभिन्न आयाममा पारेको प्रभावलाई फरक फरक छोटो फिल्म मार्फत समेट्ने जनाएको छ ।

शर्ट फिल्म

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.