under featured image
Sky Link

आयो बिनोद बाँनियाको ‘मान्छे’ (भिडियो हेर्नुस)

Above News Headline

पोखरा भ्वाइस सम्बाददाता, बैशाख २३,

एफएम रेडियोको खुब क्रेज भएको बेला पोखराका एफएम रेडियोमा एकदमै धेरै बज्ने पोखरेली गायक बिनोद बाँनियाको गीत ‘मान्छे’ को भिडियो रिलिज भएको छ ।

करिब १९ बर्ष अगाडी रिलिज भएर चर्चा कमाएको गीत रिमेक गरेर गायक बानियाँले भिडियो रिलिज गरेका हुन।

भिडियोमा नेपाली फिल्मका स्थापित पोखरेली कलाकार प्रकाश घिमिरे मुख्य भूमिकामा देखिएका छन। थुप्रै नेपाली चलचित्रमा अभिनय मार्फत आफ्नो छुट्टै छवि बनाएका घिमिरेको यो पहिलो पटक म्युजिक भिडियो अभिनय हो।

Bg Hospital

निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा लामो समय देखि सङ्गीत कर्ममा लागेका पोखरेली कलाकार सागर शाह र अनिता पौडेलको पनि अभिनय रहेको छ।सन्तोष कोन्मेको सिनेमाटोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । विवि अनुरागी संगीत राजकुमार बगरको शब्द रहेको गीतलाई तेजेन्द्र गुरुङको एरेन्ज गरेका हुन।

गायक बाँनियाका मान्छे, डाउट र प्रोफाइल गरी तीनवटा एल्बम बजारमा आइसकेका छन् । उनले झण्डै ५० को हाराहारीका गीतमा आफ्नो आवाज भरीसकेका छन् ।

बाँनियाले आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारेर यो भिडियो रिलिज गरेका हुन ।

भिडियो हेर्नुस

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.