under featured image
Sky Link

जेठ ५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

Above News Headline

काठमाडौं, बैशाख २४ । सरकारले बन्दाबन्दी अर्थात् लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण हुन नदिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन बिहीबार २५ वैशाखमा सकिँदै थियो । अवस्था र स्थान हेरी केही खुकुलो गर्न माग भइरहेका बेला सरकारले ११ दिन अरु थपेको हो ।

Bg Hospital

मुलुकमा कोरोनाको संक्रमण देखिएपछि सरकारले चैत्र ११ गतेबाट देशव्यापी लकडाउन गरेको थियो । त्यसयता पटक पटक थपिएको बन्दाबन्दीको समय यही बैशाख २५ मा सकिँदै थियो ।

बन्दाबन्दी लगातार लम्ब्याउँदा देशको आर्थिक अवस्था निकै जर्जरबन्दै छ भने नागरिकहरुमा थुप्रैं समस्या आउन थालेको छ । कमजोर आर्थिक अवस्था भएकाहरुलाई खानकै समस्या भइसकेको छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.