under featured image
Sky Link

सिप्रद्रीयन सहायता संस्थाद्धारा सय म्याजिक चालकलाई राहत सामाग्री

Above News Headline

पोखरा भ्वाइस संबाददाता, वैशाख ३१, चितवन
टाटा गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गको सिप्रदयीन सहायता संस्थाद्धारा चितवनका एकसय म्याजिक चालकहरुलाई राहत सामाग्री वितरण गरिएको छ ।
टाटा मोटर्सको चितवनको आधिकारिक डिलर सफल मोटर्स र संयुक्त रुट व्यवस्थापन समिति, भरतपुरको समन्वयमा एक महिनालाई पुग्ने खाद्य सामाग्री वितरण गरिएको हो । स्थानीय रुटमा चल्ने म्याजिक चालकहरु लकडाउनका कारण मारमा पर्ेको भन्दै उनीहरुलाई राहत स्वरुप चामल, दाल, तेल , नुन लगायतका खाद्य सामाग्री वितरण गरिएको सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले जानकारी दिए । ‘अहिले सबैभन्दा बढी चालकहरु मारमा परेको महसुस गर्यौं, भट्टराईले भने, यस्ता महामारीको समयमा हामीले मानवीय धर्म निर्वाह गरेका हौं ।’ लामोसमयमसम्म उनीहरु कामविहीन भएको र परिवारसमेत धान्न मुश्किल रहेकोले राहतस्वरुप खाद्य सामाग्री वितरण गरिएको उनले बताए । चालकहरुले गाडी चलाउन नपाएको र विकल्पको रुपमा अन्य रोजगारी समेत नपाएका कारण उनीहरुको दैनिक जीवनमा कठिनाई परेकोले राहत वितरण गरिएको सिप्रदयीन ट्रेडिङ्ग प्रालिका भरतपुरका शाखा प्रबन्धक विश्वबन्धु श्रेष्ठले बताए । ‘चालक, मालिक,र हाम्रो संस्था बीच प्रत्यक्ष रुपमा सम्बन्ध हुन्छ, शाखा प्रमुख श्रेष्ठले भने, विपदको समयमा सहयोग गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो ।’ हाल जिल्लाका स्थानीय रुटमा चल्ने एकसय चालक परिवारलाई राहत वितरण गरिएपनि लकडाउन लम्बिएसंँगै यसलाई निरन्तरता दिदै जाने उनको भनाई छ । वितरण कार्यक्रममा बोल्दै संयुक्त रुट व्यवस्थापन समितिका संयोजक चीनी बहादुर बोहोराले यस्तो विपदको घडीमा यातायात व्यवसायीहरु समेत मारमा परेको र व्यवसायीले राहत समेत दिन नसकेको अवस्थामा सिप्रदयीनले गरेको खाद्य सामाग्रीले केही दिनभएपनि चालकहरुमा खुशी थपिने बताए । ‘उनीहरुसंँग न काम छ न माम नै यस्तो बेलामा हामीले राहत वितरणको पहल गरेका हौं । ’उनले भने । अझैपनि चालकहरुको रोजगारी अनिश्चित रहेकोले सरकारले उनीहरुको लागि वैकल्पिक रोजगार दिनुपर्ने उनको भनाई छ । वितरण कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले महामारीको समयमा राज्य र स्थानीय सरकारको पहल मात्र पर्याप्त नहुने भन्दै सिप्रदीयन गरेको सहयोगको प्रशंसा गरे । विपदको घडीमा नीजि संस्थाहरुको भूमिका महत्वपुर्ण हुने भएकोले मनकारी मन र दानकारी हातहरुले यस्तो परिस्थितिमा हातेमालो गर्दै जानुपर्ने भण्डारीको भनाई छ । गतसाता सिप्रदीयन सहायता कोष र सफलमोटर्सको सहकार्यमा भरतपुर नगरपालिका वडा नम्बर ३ का विपन्न ४० घरपरिवारलाई राहत वितरण गरिएको थियो । सिप्रदीयन संस्थाले देशभर विपदको समयमा राहत, आर्थिक सहयोग गर्नुका साथै जिल्लाका विभिन्न विद्यालयहरुमा रहेका विद्यार्थीको लागि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा पनि आर्थिक सहयोग गर्दै आएको छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.