under featured image
Sky Link

लक्की मिडियाको भित्तेपात्रो विमोचन तथा बधाई कार्यक्रम

Above News Headline

जेष्ठ १, चितवन

Bg Hospital

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले नयांँ बर्ष २०७७ को भित्तेपात्रो विमोचन तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । भित्तेपात्रोको विमोचन भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष डाक्टर भोजराज अधिकारी, युवा व्यवसायी तथा समाजसेवी सुजन ओझा तथा लक्की मिडिया हाउस चितवनका प्रबन्धक हरि कार्की “लक्की” ले संयुक्त रुपमा विमोचन गर्नुभएको हो । सो अवसरमा नवनियुक्त अध्यक्ष डाक्टर अधिकारीलाई लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की” ले बधाई तथा शुभकामना दिनुभएको थियो । विमोचनपछि बोल्दै डाक्टर अधिकारीले कोरोना कहरको समयमा पनि लक्की मिडिया हाउसले भित्तेपात्रो नियमित प्रकाशन गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । उहांँले कोरोनाले सम्झनालायक बर्ष भएको भन्दै यस्तो दु:खद बर्ष कहिल्यै नआओस भन्ने कामना गर्नुभयो । डाक्टर अधिकारीले यो भित्तेपात्रो बर्षको दर्पणको रुपमा रहेर अब शुभारम्भको दिनको पात्रो हुने अपेक्षा गर्नुभयो । कोरोनाको विषयमा बोल्दै उहांँले चितवन उच्चजोखिम रहेपनि हालसम्म चितवनमा कोरोनाको त्यस्तो गम्भिर अवस्था नआएको बताउनुभयो । उहांँले कोरोना नियन्त्रण तथा रोकथामका लागि भरतपुर अस्पतालले निकै ठूलो भूमिका खेलेको बताउनुभयो । आगामी दिनमा अस्पतालको गरिमा र उचाई कायम राख्दै अस्पतालका सेवाहरुमा थप गुणस्तरता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा बोल्दै उहांँले हाल भरतपुर असपताललाई मेडिकल कलेज स्थापना गर्नको लागि प्रक्रिया अगाडि बढाईएको समेत बताउनुभयो । युवा व्यवसायी तथा समाजसेवी सुजन ओझाले लक्की मिडिया हाउसले स्थापनाकालदेखि नै चितवन खबर पत्रिका तथा भित्तेपात्रो प्रकाशन गर्दै आएको भन्दै सफलताको कामना गर्नुभयो । कार्यक्रमका सभापति कार्कीले निकै कठिनाईको बाबजुद आम पाठक, विज्ञापनदाता, शुभेच्छुकको चाहना अनुसार भित्तेपात्रो प्रकाशन गरिएको बताउनु यो । कार्यक्रम जय पाठक “जे.पी” ले सञ्चालन गर्नुभएको थियो ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.