
पोखरा भ्वाइस संबाददाता, जेष्ठ ८ बिहीवार

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या अब ३ पुगेको छ। रुपन्देहीको तिलोत्तमा न.पा-५ स्थित कृम्सन अस्पतालमा उपचाररत कोरोना सन्क्रमित गुल्मी जिल्ला मदाने गाउँ पालिका – ६ पुर्कोट्दह निवासी ४० बर्शिय पुरुषको आज बिहान निधन भएको अस्पताल स्रोतले जनाएको छ। शिक्षण पेशा गर्दै आएका उनी सामाजिक कार्यकर्ता समेत थिये। निजले गुल्मिकै विभिन्न क्वारेन्टाइन मा खाना खुवाउने काम समेत गर्दै आएका मा एक्कासी फोक्सो को सम्स्या देखिनुको साथै जण्डिस समेत भए पछि जेठ ५ गते अस्पताल भर्ना भएका थिये । अस्पतालमा कोरोना परिक्षण गर्ने क्रममा निजको PCR रिपोर्ट पोजिटिभ आएको थियो ।
