
पोखरा भ्वाइस संबाददाता, जेष्ठ ८ बिहीवार,

भारतले नेपाली भुभाग मिचेर सडक निर्माण गरिरहेको समयमा कालापानी सम्म पैदल हिडेर नेपाली झण्डा सहित राष्ट्रियता प्रदर्शन गर्न् भनी हिडेका नेकपा बिप्लवका ७ जना कार्यकर्तालाई प्रहरीले हिजो राती बिच बाटो बाटै गिरफ्तारी गरेको छ। जेठ ५ गते लेकम गाउँ पालिकाबाट हिडेका स्थानिय नेता जीवन बिष्टको कमान्डमा रहेको ७ जनालाई प्रहरीले दुम्लिङ भन्ने स्थानबाट नियन्त्रणमा लिएको कुरा स्थानिय सम्बादाता स्रोत बाट खुल्न आएको छ।
