
पोखरा भ्वाइस संबाददाता, जेष्ठ ९, रौतहट

रौतहटका निलम्बित नेपाली काङ्ग्रेसका सांसद मोहम्मद अफ्ताब आलम को राजपुर न.पा- ४ स्थित रहेको घरमा नेपाल प्रहरीको पोशाक लगाएको १०/ १५ जनाको हतियारधारी समूह कम्पाउन्ड गेट बाट भित्र प्रवेश गरि मुल ढोकाभित्र जबर्जस्ति प्रबेश गर्न खोजे पछि घरका ब्यक्ति र स्थानियहरुले डाका आएको भन्दै हो हल्ला गर्न थाले पछि झण्डै ३०० स्थानिय भेला भएर सो समुहमाथी आक्रमण गर्न थाले पछि झण्डै १५/२० राउन्ड हवाइ फायर गर्दै उक्त समूह त्यो ठाउँ छाडेर भागेको थियो। स्मरणीय कुरा के छ भने निलम्बित साम्सद आलम का भाइ पनि सोही घट्नाको मुद्दाको शिलशिलामा हालसम्म फरार रहेका छन।
