under featured image
Sky Link

महानगरको राहत कोषमा रोयल सहकारीको सहयोग

Above News Headline

पोखरा भ्वाइस संबाददाता, जेठ ९, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले पोखरा महानगरको राहत कोषमा सहयोग गरेको छ । सहकारीले कोषमा ३३ हजार २ सय १२ रुपैयाँ सहयोग गरेको हो । सहकारीका कोषाध्यक्ष केशबप्रसाद ढकालले पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे ।
सहयोग ग्रहण गदै महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले कोरोना भाइरस बिरुद्धको लडाईमा रोयल सहकारीले आफनो समााजिक उत्तरदायित्व बोध गरेको बताउदै धन्यबाद दिइन् । उनले नेपालमा कोरोना भाइरसको संक्रमण बढदै गएका कारण सवैको सहकार्य र एकता अपरिहार्य रहेको बताइन् ।
उनले महागनर एक्लैले केही गर्न नसक्ने भन्दै सबैले आआफनो क्षेत्रबाट भुमिका खेल्नुपर्नेमा जोड दिइन् । मानबजातीको अस्तित्व संकटमा पार्ने गरि विश्वभर फैलिएको कोरोना भाइरससंग बच्न लकडाउनको पालना गदै आफ बचेर अरुलाई बचाउन आग्रह गरिन् ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.