under featured image
Sky Link

पछिल्लो २४ घण्टामा ७ हजार भन्दा धेरै नेपाली नेपाल भित्रीए

मुख्य नाकाहरुमा सामान्य स्वास्थ परिक्षण समेत गरिएन

Above News Headline

पोखरा भ्वाइस संबाददाता, जेष्ठ १०,

Bg Hospital

भारतमा रेल तथा बस जस्ता सार्बजनिक यातायात खुला भए पछि दिनानुदिन नेपाल प्रवेश गर्ने नेपालीहरुको संख्या पनि बढ्दै गैरहेको छ भने अर्को तर्फ तेहि अनुपातमा कोरोना संक्रमण हुनेको संख्या पनि बढ्दै गएको पाईन्छ । अझै मुख्य नाकाहरुमा RDT परिक्षण नै नगरी एकै पटक हुल बाधेर नेपालिहरु नेपाल भित्रिएपछि ठूलो चिन्ता बढेर गएको छ। पछिल्लो २४ घण्टामा मात्रै कैलालीको गौरिफण्टा नाका हुँदै झण्डै २१०० जना नेपाल प्रबेश गरेका छन जबकी सोही नाका हुँदै अस्ति २४९८ जना नेपाल भित्रिएका थिए। तेसैगरी पछिल्लो २४ घण्टामा बाकेको जमुनाहा नाकाहुदै १२१८ र कपिलवस्तु बाट ११३५ जना नेपाल प्रबेश गरेका छन। तेसै गरि ठूलो संख्यामा नेपाल प्रबेश नाकामा रुपन्देही पनि रहेको हाम्रा स्थानीय सम्बाददाताले बताएका छन । रुपन्देही को सुनौली नाका हुँदै पनि पछिल्लो २४ घन्टामा झन्डै ११०० नेपालिहरु नेपाल भित्रीएका जनाइएको छ। भारतमा क्वारेन्टाइन मा नबसी सिधै रेल र बस चढेर स्वदेश आएका ठूलो समुहलाइ RDT परिक्षण नगरी सिधै तिनिहरुको गृह जिल्ला पठाइएबाट कोरोना संक्रमण अझै फैलन सक्ने बिज्ञहरुको भनाइ रहेको छ । अहिले जति पनि कोरोना सन्क्रमित्को संख्या बढेको छ प्रायः सबै भारतबाट आएका ब्यक्तिहरु रहेका बाट पनि यो अनुमान लगाउन सकिन्छ कि कोरोना कहर झन डरलाग्दो रुपमा झाङ्गिदै छ। यसरी दैनिक झन्डै दश हजार का दरले भारत बाट नेपाल भित्रने हो भने यो संख्या केही दिनमै लाख नाघ्नेछ। यसले समाजमा बेरोजगारी र नैरास्यता मात्रै बढाउदैन सामाजिक अपराध पनि उत्तिकै बढ्ने छ। तेसैले यस्तो जनशक्ति लाई स्वदेशमै केही गरेर ब्यक्ती मात्रै होइन रास्ट्र नै आत्म निर्भर बन्ने तर्फ सरकारको बेलैमा ध्यान जान जरुरि छ। यस्तो संबेदनसिल बिषयमा निकट भबिस्यमा आउन लागेको बजेटले सम्बोधन गर्न जरुरी देखिन्छ ।

Trident conecpt
vianet
PCC Mela

Leave A Reply

Your email address will not be published.