under featured image
Sky Link

टिन एजको अन्धो प्रेम कहानिको कारुणिक अन्त्य

न ज्यान रह्यो न प्रेम !

Above News Headline

पोखरा भ्वाइस संबाददाता, जेठ १४, वियोगान्तमा टुंगिने साउथ इन्डियन फिल्मको कहानी जस्तै लाग्ने यस्तो प्रेम कथा जसको अन्त्य मुख्य पात्रको मृत्युमा टुङ्गिएको मात्रै छैन यो घट्नाले जातिय बिभेद्को मुद्दा लाई एक पटक फेरि रास्ट्रब्यापी रुपमा उचालिदिएको छ। दलित र गैर दलित बिचको मुद्दाको रुपमा उजागर गर्ने प्रयास हुँदै छ। नेपालकै बिकट पहाडी २ जिल्ला पश्चिम रुकुम चौरजहारी न.पा -८ निवासी बर्ष १७ कि सुष्मा मल्ल र जाजरकोट जिल्ला भेरी नगर पालिका निवासी बर्ष २१ का नवराज बि.क हुन पश्चिम रुकुमको चौर जहारी घट्नाका मुख्य पात्र जुन घट्नाले आज सिङ्गो देश नै हल्लाएको छ। घट्नाले तेति बेला उग्र रुप लियो जब जेठ १० गते साझ नवराज बि.क हिन्दी फिल्म शैलीमा २० बर्ष मुनिका १८ जना युबाहरुको दलबल सहित जाजरकोटदेखि पश्चिम रुकुमको चौर्जहारी पुगे र आफ्नी प्रेमिका सुश्मा मल्ललाई अभिभावकको सहमती बिपरित कानुनले नाबालक मान्न्ने युबतीलाइ जबर्जस्ति भगाएर लैजाने प्रयास गरे । गाउँलेले नाबालिकको बिबाह कानुन बिपरित हुने भन्ने मात्रै ठानेनन् , नवराज बि.क ले ठूलो दलबल सहित आएर आफुहरुलाइ हेपेर चुनौती दिएको सम्झे। त्यसपछी शुरु भयो गाउले र ती युबा बिचको घम्साघम्सी झडप। झडप सङै गाउलेले सो समुहलाइ लखेट्दै भगाउने क्रममा नवाराज बि.क सहित बर्ष १८ का टिकाराम सुनार र बर्ष १७ का गणेश बुढामगरले भेरी नदि किनारामा ज्यान गुमाए भने ३ जना युबाहरु अझै भेरि नदिमा बेपत्ता रहेका छन् । नवराज बि.क सहित बर्ष टिकाराम सुनार र गणेश बुढा मगरको शब भेरी नदिले बगाएर बगरमा किनारा लगाएको अबस्थामा भेटिएको थियो । सोही झडपमा हराइरहेका ३ जना युबाको खोजिको लागि हिजो २/१३ गते राती शसस्त्र प्रहरीको ४ जनाको गोताखोरको टोलि जाजरकोट पुगेको छ। ३ जनाको शब आज १४ गते पोस्ट्मार्ट्म गर्ने तयारी भै रहेको छ। उक्त घट्नाको बिषयलाई लिएर हिजो संसदमा गृहमन्त्रीले जबाफ दिनु परेको थियो भने दलितको प्रतिनिधित्व गर्ने माननीय साम्सदहरुले घट्ना दलित माथी गैर दलितको अत्याचार र बिभेद्को पराकाष्ठा भन्दै चर्को स्वरमा निष्पक्ष छानबिनको माग राखी दोषी उपर कडा कार्बाहीको माग राखे। साथ साथै हिजो साझ बाट दोषीलाई कार्बाहिको माग राख्दै दलित अधिकारकर्मी जिल्ला प्रशासन कार्यालय अगाडि आमरण अनसन नै बसेका छन। उता प्रहरीले केटिका बुवा वीर बहादुर मल्ल, आमा प्रकाशी मल्ल र चौर जहारी न.पा.-८ का वडाध्यक्ष्य डम्बर मल्ल सहित १२ जनालाई प्रहरीले हिजो पक्राउ गरिसकेको छ।

Bg Hospital

अर्को तर्फ हिजो गृहमन्त्रालयले मन्त्रालयका सह सचिबको नेतृत्वमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान बिभागका अधिकृत, महान्यायाधिवक्ता को कार्यालयका प्रतिनिधि रहने गरि ५ सदस्यीय छानबिन समिती गठन गरेको छ। दलित अधिकारकर्मी को नामबाट राजधानी लगायत बिभिन्न जिल्लाहरुमा यो घट्नाको बिषयको निष्पक्ष छानबिनको माग राखी प्रदर्शन गरेका छन। यस्तो घट्ना घट्नु पक्कै पनि दुर्भाग्यपूर्ण नै हो । दोषीले सजाय पाउनु पर्छ। कानुनले बिबाहको लागि योग्य नठानेको नाबालिका लाई दलबल सहित गएर भगाएर बिबाह गर्न खोज्नु र कुटपिट मा उत्रेर हत्या गर्नु दुबै कुरा जायाज होइनन् ।२१औ शताब्दीमा पनि दलित भनेर थिचोमिचो गर्न खोजीएको भये यो कानुनी रुपमा पनि दन्डनिय हुनेछ ।
यहाँ स्मरण गर्नु पर्ने कुरा के छ भने नेपालको कानुन अनुसार गैर दलित बिच नै पनि उमेर नपुगेको केटि वा केटाको बिवाह कानुनी रुपमा दन्डनिय हुनेछ । घट्ना घटिसकेको अबस्थामा घट्ना घट्नुको कारण पहिल्याएर भबिस्य्मा शिक्ष।को  रुपमा लिएर यस्ता घट्ना दोहोरिन नदिनु नै बुद्दिमानी हुनेछ । यो सङै टिन एजर युबा युबतीको अन्धो प्रेम को उन्मादले समाजमा कस्ता कहालिलाग्दो घट्ना घट्दो रहेछ भन्ने उदाहरण पनि हामिलाइ दिएको छ। केटिका बाबा आमा त हत्या अभियोगको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा छन भने आफ्नो प्रेमी समेत गुमाएको पीडा भोग्दै छिन प्रेमी त मरेर गए , तर ती युवती भने पल पल मरिरहेको अनुभुती गर्दै होलिन । सरकारद्वारा गठित छानबिन समितिले निष्पक्ष छानबिन गरेर दोषी उपर कार्बाही होस् ।

 

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.