under featured image
Sky Link

नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड

एकै दिन थपिए २२६ जना

Above News Headline

पोखरा भ्वाइस संबाददाता, जेष्ठ १९,  नेपालमा कोरोना संक्रमण बढ्दै गर्दा नयाँ नयाँ रेकर्ड कायम हुन थालेको छ। आज मात्रै थप २२६ जनामा कोरोना संक्रमण थपिएका हुन जस मध्ये २१३ पुरुष र १३ महिला रहेका छन् । काठमाडौ को केन्द्रिय प्रयोगशालामा गरिएको परिक्षण मा ९२ जनामा पोजिटिभ देखिएको हो भने बाकिको परिक्षण उपत्यका बाहिरका अन्य अस्पतालमा गरिएको थियो।साथै आज डोटी जिल्ला मा समेत सन्क्रमित थपिए पछि कोरोना ५९ जिल्लामामा कोरोना संक्रमण फैलिएको छ। आज सबै भन्दा बढी सन्क्रमित थपिने मा कपिलवस्तु पहिलो बनेको छ जहाँ, एकै दिन ४० जना सन्क्रमित थपिएका छन भने दोस्रो र तेस्रोमा क्रमशः सर्लाही ३८ र जुम्ला १९ रहेका छन। प्रदेश अनुसार सबै भन्दा बढी सन्क्रमित प्रदेश न.२ रहेको छ जहाँ ६९४ जना सन्क्रमित पुगेका छन भने तेसपछी क्रमशः प्रदेश ५ मा ६२१ र प्रदेश ६ मा १८८ गरि दोस्रो र तेस्रो बन्न पुगेका छन। सबै भन्दा कम सन्क्रमित हुनेमा गण्डकी प्रदेश रहेको छ जहाँ हाल सम्म जम्मा ३६ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ। हाल सम्म २२१ जना सन्क्रमित ब्यक्तीहरु उपचार पछि निको भएर घर फर्की सकेका छन भने मुलुक भर १५६९ जना आइसोलेसनमा रहेका छन् ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.