under featured image
Sky Link

कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड कायम , एकै दिन थपिये २८८ जना

Above News Headline

पोखरा भ्वाइस संबाददाता, जेष्ठ २०, आज फेरि पछिल्लो २४ घन्टा मा हाल सम्म्मकै धेरै कोरोना सन्क्रमित थपिएर नयाँ रेकर्ड कायम भएको छ।स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घन्टामा २८८ जना कोरोना सन्क्रमित थपिएका छन जसमा जना २७० जना पुरुष र १८ जना महिला छन ।यो हाल सम्मकै उच्च संख्या हो। यो संगै नेपालमा कुल सन्क्रमितको संख्या २०९९ पुगेको छ । सन्क्रमित मध्ये १५० जना महिला र बाकी पुरुष रहेका छन । पछिल्लो २४ घन्टामा ३४४० जनाको PCR परिक्षण गरिएको थियो । गण्डकी प्रदेश अंतरगत पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण मा १० जनाको रिपोर्ट पोजिटिभ आएको छ जसमा स्याङ्जा चापाकोटका ५ र पर्बतका ५ जना रहेका छन।हाल सम्म देशै भरी जम्मा १८२५ जना आइसोलेसन मा रहेका छन। सबै भन्दा बढी प्रदेश २ को आइसोलेसनमा ७२१ जना रहेका छन भने सबै भन्दा कम गण्डकी प्रदेशमा ३४ जना रहेका छन् भने देशै भरिका क्वारेन्टाइनमा जम्मा एक लाख पैंतालीस हजार तीन सय पचहत्तर रहेका छन जस मध्ये प्रदेश १ समा ३६३५ जना, प्रदेश २ मा २२५३६ , बागमती प्रदेशमा ३००८, गण्डकी प्रदेशमा ४३१५, प्रदेश ५ मा ४०६१७ , कर्णाली प्रदेशमा २६४४४ र सुदुर पश्चिम् प्रदेशमा ४४८१७ जना रहेका छन। कोरोना संक्रमण ६१ जिल्लामा फैलिएको छ भने हाल सम्म २६६ जना सन्क्रमितहरु उपचार पछि निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.