under featured image
Sky Link

सिमलचौरमा एक अचम्म गुफा

Above News Headline

पोखरा भ्वाइस संवाददाता, जेष्ठ २९ , ओखलढुंगा,  ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिका १- सिमलचौरमा एक अचम्म गुफा छ । ‘काली गुफा’ नाम रहेको उक्त गुफामा विभिन्न आकृतिका ढुंगाहरु छन् । ढुंगामा नै गाईको थुन देखिन्छ । हातीको सुढ देखिन्छ । ढुंगामा नै सिता माता बस्ने सानो गुफा बनेको छ । गुफाको ढुंगामा सिता माताले हिड्ने बाटो देखिन्छ । यस गुफा भित्र सानो सानो छुट्टै छुट्टै गुफा छन् । जहाँ बनेका आकृतिहरु पनि आश्चार्यजनक नै छन् ।

यस गुफा भित्र छिर्न जो कोही डराउछ, कारण गुफा निकै भित्रसम्म पुगेको छ । साच्चिकै अच्चमको छ, यो गुफा ।
हलेसी महादेव थान जस्तै देखिने उक्त गुफालाई धार्मिक स्थान ‘महादेव मन्दिर’ बनाउन विवेकशिल युवा समाज- सिमलचौरको पहलमा मर्मत, सम्हार तथा पुनराउत्थानको कार्य भइरहेको छ । यस कार्यमा उक्त गुफासम्म पुग्ने सिडी निर्माण, गेट निर्माण तथा मन्दिर स्थापना गर्ने योजना रहेको छ । यस कार्यको लागि अहिले केही आर्थिक समस्या आइपरेको छ ।

Bg Hospital

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.