under featured image
Sky Link

‘पाइला-पाइलामा मानसिक तनाव भोग्नुपर्छ’ वर्षा सिवाकोटी

Above News Headline

२०७७ असार ३ गते,  नायिका वर्षा सिवाकोटीले चलचित्र क्षेत्रमा हुने गरेको ‘परिवारवाद र ग्रुपिज्म’का कारण असर पर्ने गरेको बताएकी छन् । बलिउड नायक सुशान्त सिंह राजपुतको निधनसँगै यतिबेला ‘परिवारवाद र नातावाद’ हाबी भएका कारण कलाकारहरू डिप्रेसनमा जाने गरेको र गलत बाटो रोज्ने गरेको विषयमा पनि प्रश्न उठेको छ ।

Bg Hospital

यही विषयमा सामाजिक सञ्जालमा स्टाटस लेख्दै वर्षाले भनेकी छन्–‘परिवारवाद सबैतिर हुन्छ । चलचित्र नगरी छर्लङ्ग भएकाले यो देखिएको हो । सत्य बोल्ने आँट कमैसँग मात्र हुन्छ । यस्तो कुरा बोल्दा करियरमा असर पर्छ, कामको अभाव हुन सक्छ भन्ने धेरैलाई सोच्छन् । तर परिवारवादले मात्र चलचित्र क्षेत्र रुमलिएको छैन । यहाँ ग्रुपिज्म, प्रेमका कुरा, तुलना, चलचित्र पत्रकार र कलाकारबीच अनावश्यक निकटता आदि कारणले पनि नकारात्मक असर परेको छ ।’

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.