under featured image
Sky Link

सुशिल भन्छन्–‘लक डाउनमा आम्दानी शुन्य, पुस्तकबाट धेरै ज्ञान पाएँ’

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार ५
साढे २ महिना भन्दा लामो लक डाउन लुजडाउनमा बदलिएको छ । तर, पनि चलचित्र क्षेत्रको काम सुरु हुन सकेको छैन । केही कलाकार म्यूजिक भिडियो छायांकनमा व्यस्त हुन थालेका छन् । चलचित्रको प्रदर्शन र निर्माण कहिलेबाट सुरु हुन्छ, भन्न सकिने अवस्था छैन ।

नायक सुशिल श्रेष्ठ पनि लक डाउनका कारण लामो समय घरमै रहे । उनले लक डाउनको समयमा आफ्नो कमाई शुन्य भएको बताए । लक डाउनमा कमाई र खर्च कस्तो भयो त भन्ने प्रश्नमा उनले भने–‘आम्दानी त शुन्य नै भयो भन्नुपर्छ । खर्च भने केही भयो ।’

Bg Hospital

सुशिलले लक डाउनको समयमा पुस्तक पढेको बताए । उनले भने–‘यो लक डाउनको समयमा मैले धेरै पुस्तकहरु पढ्ने मौका पाएँ । मैले केही धार्मिक र केही मनोवैज्ञानिक ज्ञान प्राप्त गर्ने पुस्तक पनि पढेँ । यो पनि मेरो एउटा ठूलो आम्दानी हो । भविष्यमा अहिले प्राप्त गरेको ज्ञान काम लाग्छ भन्नेमा विश्वस्त छु ।’

गतबर्ष सुशिलका २ चलचित्र ‘बादशाह जुट र लभ डायरीज’ रिलिज भएका थिए । सुशिल लक डाउन पूर्ण रुपमा खुलेपछि काममा फर्किने बताउँछन् ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.