under featured image
Sky Link

कास्कीमा १९ महिने शिसुमा पनि कोरोना, गण्डकी प्रदेशमा ४३८ जनामा कोरोना संक्रमण पुष्टि

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार ६ ,   पोखरा स्थित प्रादेशिक प्रयोगशाला बाट आज बिहान प्राप्त रिपोर्ट अनुसार कास्किका २ सहित गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्कीको मादी गा.पा-९ निवासी १९ महिने शिशु मा समेत कोरोना पुष्टि भएको हो। निजका बाबू भारतबाट आएर स्थानिय क्वारेन्टाइनमा बसेका समयमा आमाले सानो बच्चालाई संगै लिएर क्वारेन्टाइनमा खाना पुर्याउन जाने गरेकाले क्वारेन्टाइनबाट नै संक्रमण सरेको अनुमान गरिएको छ। आज मात्रै गण्डकी प्रदेश अंतरगत सबै भन्दा बढी तनहुँ मा २५ जना सन्क्रमित थपिएका छन जस मध्ये २१ जना ऋषिङ गाउपालिका मात्रै छन् । पुर्बी नवलपरासी १६, गोर्खा ८, बागलुङ ५, कास्की २ , स्याङ्जा र म्याग्दीमा १/१ जना सन्क्रमित थपिएका हुन। अब गण्डकी प्रदेशमा सन्क्रमितको संख्या ४३८ पुगेको छ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.