under featured image
Sky Link

गण्डकी भ्वाइस डटकम शुभारम्भ

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार ११ गते,  गण्डकी भ्वाइस डटकम अनलाइन बिहीबारदेखि शुभारम्भ भएको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले एक कार्यक्रमका बीच अनलाइनको शुभारम्भ गरेका हुन् ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले अनलाइनको सुखद् भविष्यको शुभकामना व्यक्त गरे । उनले गण्डकी भ्वाइसले प्रतिकुलतामा पनि अनुकुलता खोजेको भन्दै खुशी प्रकट गरे ।

गण्डकी भ्वाइस सिंगो गण्डकी प्रदेशको आवाज बन्नेमा आफू विश्वस्त रहेको उनले बताए । अबको युग नै डिजिटल युग भएको भन्दै अध्यक्ष श्रेष्ठले यसमा गण्डकी भ्वाइस सफल हुने विश्वास व्यक्त समेत गरे ।

Bg Hospital

साथै गण्डकी भ्वाइस स्वतन्त्र पत्रकारिताको मानक हुने भन्दै उनले यसमा आवद्ध युवाहरू बिभिन्न क्षेत्रमा सफल रहेकाले पनि अनलाइन सफल हुने दावी गरे । श्रेष्ठले गण्डकी भ्वाइसले गण्डकी प्रदेशको सम्भावना र प्रदेश सरकारका प्राथमकितालाई राम्रोसंग उजागर गर्नु पर्नेमा जोड दिए । साथै उनले प्रदेशकै गतिविधिलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिए ।
उनले गण्डकी भ्वाइसका लागि कहाँ के सहयोग आवश्यक पर्छ त्यसका लागि आफू हरदम तयार रहेको प्रतिवद्धता जनाए ।

गण्डकी भ्वाइस डटकमका प्रवन्ध निर्देशक सुरज थापाले आशा र सम्भावनाहरूको खोजी निरन्तर गरिरहनु पर्ने बताए । उनले यस्तो प्रतिकूल समयमा पनि आशा बोकेर नै मैदानमा होमिएको स्पष्ट पारे । निर्देशक थापाले यात्राका क्रममा बग्रेल्ती चुनौतिबारे आफू पूर्ण जानकार रहेको भन्दै ती चुनौतिको सामना गर्न आफू र आफ्नो टिम तयार रहेको बताए ।
गण्डकी भ्वाइस डटकमका प्रवन्ध निर्देशक थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसम्पादक जुना थापाले गरेकी थिइन् । इन्फोटेन्मेन्ट थिममा सञ्चालित गण्डकी भ्वाइस डटकमको कार्यालय पोखरा महानगरपालिका वडा नं। ८ बगालेटोलमा रहेको छ । यसले आगामी साउन महिनादेखि अनलाइन टेलिभिजन पनि सञ्चालन गर्दैछ ।

गण्डकी भ्वाइस डटकमको संरक्षकमा राजमान थकाली, प्रवन्ध निर्देशकमा सुरज थापा, सम्पादकमा हरि पन्त र सहसम्पादकमा जुना थापा छन् । यसको सञ्चालकमा महेश्वर सिंह भण्डारी, अमन विक्रम थापा, अर्जुन पाण्डे र अर्पन तिवारी छन् ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.