under featured image
Sky Link

के भारतवाट नेपाल आऊने क्रम रोकीएकै हो त !

Above News Headline

रेग्मी रीता भट्टराई

Bg Hospital

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण बढ्दै गए पछी कोरोनाको भयका कारण आफू र आफ्ना परिवारको चिन्ताले आफ्नै मातृभूमि फर्कने क्रममा बिभिन्न नाकाहरू हुँदै कैयौ दिन सम्म दैनिक दशौ हजार नेपाली नेपाल प्रबेश गर्ने गरेकामा केही दिन अगाडी सम्म महीनौ बिभिन्न नाका हुँदै दैनिक दशौ हजार नेपालीहरू नेपाल प्रबेश गर्ने गरेकामा यो हप्ता देखी भने संख्या घटेर हजार भन्दा तल आइपूगेको एक अध्ययनले देखाएको छ। सबैभन्दा बढी सूदूर पश्चिमका कैलालीको त्रीनगर नाकावाट दैनिक चार देखी पाँच हजार र कन्चनपूरको गड्डाचौकी नाका हँदै दैनिक दूई देखी तीन हजार सम्म नेपालीहरू भारतबाट नेपाल भित्रने गर्थे। दार्चूला र वैतडीका नाका हँदै वैध र अवैध तरिकाले पनि दैनिक पाँच सय नेपालीहरू भित्रीने गर्थे। रूपन्देहीको सूनौली नाका’,बाकेको जमूना नाकामा पनी भीड जम्मा भएर नेपाल प्रवेश गर्न अनूमती पाऊँ भन्दै नारावाजी हूनू दिनचर्या जस्तै बन्थ्यो । प्रदेश नम्बर दूईमा पर्ने सबै जिल्लाका सिमानाकाहरूको हालत ऊस्तै थियो।कतीले त नेपाल प्रबेश गर्न कूर्दा कूर्दै सिमा क्षेत्रमै प्राण त्यागेका थिए। हप्ता दीन सम्म भारत बाट पैदल नै भोकभोकै हिडेर परिवार भेट्ने इच्छा र बाच्ने अभिलासा बोकेर आएका हरू हप्ता दिनसम्म नाकामा रोकीनु पर्थ्यो। यही क्रममा कती नेपालीहरूले सिमा नाकामा आफ्नो मातृभूमी नटेक्दै प्राण त्यागे भने कतिले घर नै नटेकी गाऊँकै क्वारेन्टाईनमा प्राण त्याग्नू परेको थियो। कोरोनाको भय ऊस्तै रहेपनि अहीले अबस्था भने अली फरक भएकोछ। अहिले न सिमा नाकामा कोही रोकन पर्छ न त भारतबाट कैयौ दिन लगाएर हिडेर नेपाल आउननू पर्छ, किनकी भारतमा सार्वजनिक बस र रेल निर्बाध रूपमा चलेका छन्।

हाम्रा स्थानीय संवाददाता हरूको सहयोगमा लिईएको डाटा अनूसार पछील्लो चौबीस घण्टामा कैलालीको नाका हूँदै दूई सय असी जना (२८०), कन्चनपूर हुदै एक सय एकहत्तर (१७१), बाँकेको नाका हूँदै एक सय चौहत्तर(१७४), सुनौली नाका हूँदै एक सय त्रियासी जना(१८३), बिराटनगर नाका हूँदै तेइस(२३) जना र बाँकी अन्य नाकाहरूबाट पचास (५०) भन्दा कम नेपालीहरू नेपाल प्रबेश गरेका छन्। सबै जोड्दा पनी एक हजार भन्दा कम हून आऊछ। यसले के संकेत गर्छ भने अव भारतबाट नेपाली नेपाल आउने क्रम न्यून हूँदै गएको अबस्थामा पूगेकाले उचित क्वारेन्टाईन, पर्याप्त पिसिआर परीक्षणको ब्यबस्था मिलाई समूदायमा कोरोना फैलन बाट बचाऊन सकीयो भने अव हामी बिस्तारै कोरोना मूक्त नेपालतर्फ उन्मुख हूँदै छौ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.