under featured image
Sky Link

जय दमाई अर्थात तेहि अभागी केटो !

Above News Headline

रेग्मी रीता भट्टराई

Bg Hospital

नाम जय दमाई तर जिवनमा भने सधैं पराजय मात्रै ।कोरोना कहर संगै उ माथी एति ठुलो बज्रपात पर्न गयो कि जसको पीडा उसले जिवनभर कदापी भुल्न सक्ने छैन। बिर्सन्छु भन्दा पनि उसलाई यी घट्नाले सताइरहने छन र शायद उ जिन्दगीभर छट्पटाइरहनेछ । किनकी १ महिनाको अबधिमा उसले जन्माएका २ सन्तान र जिवनसंगिनीलाई समेत क्रमशः गुमाएको छ। उ आज भक्कानिदै रुदै बाध्यताबस गाउँकै क्वारेन्टाइनमा दिन कटाईरहेको छ।

यो बिबशता हो सुदुरपश्चिममा पर्ने डोटि जिल्ला शिखर न.पा-८ गोपघाट निवासी जय दमाईको । मीठो खाने र राम्रो लगाउने अभिलाषा बोकेर गाउँबाट केही बर्ष पहिले भारतको चेन्नाइ हानिएका जयले बिबाह पश्चात् श्रीमतिलाइ समेत चेन्नाइमै राखेर २ जना मिलेर काम गर्दै थिये ।राम्रै गुजारा चलेकै थियो।यहि क्रममा करिब डेढ महिला पहिले अर्थात ७७ साल जेठ ५ गते निजकी श्रीमतिले २ जना जुम्ल्याहा बच्चा जन्माइन। तर बिडम्बना २ जुम्ल्याहा जन्मेकै दिन एउटा बालकको मृत्यु भयो भने सङसंगै केहिदिन पछि आमाको पनि मृत्यु हुन पुग्यो। एउटा छोरालाई अस्पतालमै छाडेर उनले श्रीमति र एउटा छोराको दाहसंकार गरे । त्येसपछी चेन्नाइप्रती उनको बितृष्णा पैदा हुन थाल्यो ।उनलाइ मृत्यु भएकी श्रीमति र छोराको यादले नराम्रोसंग पिरोल्न थाल्यो। उनले बाचेको एउटा छोराको मुख हेरेर मन बुझाउने प्रयास गरे र कोरोनाबाट आफू र छोरालाई बचाउने अठोट गरेर आषाढ ५ गते १ महिने छोरोलाइ चेपेर चेन्नाइबाट नेपाल आये र शिखर न.पा- ८ , स्थित राधाकृष्ण उच्च मा.बि को क्वारेन्टाइनमा पुगे। १ महिमे शिसुले समेत कसैको शरण पाउन नसके पछि बच्चालाई चेपेर सोही क्वारेन्टाइनमा दिन कटाउन थाले । तेहि बच्चामा उनले आफ्नो र बच्चाको भबिस्य देखेका थिए। एकातिर एउटा छोरा र श्रीमति गुमाएको पीडा , अर्को तर्फ १ महिने छोराले आमाको दूध खोजेर चिच्याहट र रुवाइ ! तेहिमाथी क्वारेन्टाइनको असजिलो बसाइँ । दुधदानिमा भैसिको दूध खुवाउदै फकाउदै बच्चा हुर्काइरहेका जयलाइ फेरि अर्को बज्रपात आइलाग्यो र बेहोस जस्तै बन्न पुगे जब तेहि बच्चाले पनि आफ्नै काखैमा हेर्दाहेर्दाहेर्दै प्राण त्यागे।जयको रुवाबासी चल्दै गर्दा चिकित्सकको टोलि अस्पतालबाट क्वारेन्टाइनमा पुग्यो र मृतक शिसुको स्वाब संकलन गरेर फर्कियो। सायद जयले सोचे होलान् , छोरा मरिसकेपछि गरिएको स्वाब परिक्षणको रिपोर्टले के अर्थ राख्ला र ? यस्तै रहेछ एहाको रिति , मरेपछी औषधि भन्ने नेपाली उखान अहिले नेपालमा कोरोना कहरको बेला चरितार्थ भएको छ। जयले भक्कानिएर आशुको धारा झार्दै मृतक छोरालाई बोकेर सेती नदिमा गाड्न लगिरहेको दृश्यले जो कसैलाई पनि रुवाउथ्यो। सबैका आँखा रसाएका थिये। रुदै रुदै जयले डेढ महिना पनि नपुगेको छोरालाइ हिजो नै अर्थात आषाढ १३ गते साँझ सेती नदिमा लगेर गाडेर पुन: सोही क्वारेन्टाइनमा फर्केर कुना फर्केर रुदै बस्दै छन। न रहे सन्तान न बाचिन श्रीमति। क्वारेन्टाइनको बसाइ पछिको उनको जिन्दगीको यात्रा अब कस्तो होला ?? शायद तिनै दैबलाइ थाहा होला ।।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.