under featured image
Sky Link

डेढ वर्षको अनुसन्धान पछि पोखरा नुडल्सको ‘हटपट’ चाउचाउ बजारमा

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार १५ गते, पोखरा,  पोखरा नुडल्सले डेढ वर्षको अनुसन्धान पछि फरक स्वादको ‘हटपट चाउचाउ’ बजारमा ल्याएको छ । मानिसहरुको रोजाईलाई मध्यनजरगर्दै विगत डेढ वर्ष अनुसन्धान र खोज गर्दै आज (सोमबार)देखि फरक स्वादको ‘हटपट’ -Gourmet Spicy Chicken HOT POT_ चाउचाउ पोखराको बजारमा आएको हो ।

कोरियन चाउचाउको स्वाद बढि रुचाईएकाले नेपाली र कोरियन स्वादको समीश्रणको रुपमा हटपट चाउचाउ बनेको पोखरा नुडल्स प्रालीका अध्यक्ष श्रीराम पाण्डेले बताए । उनले भने –‘डेढ वर्षको अनुसन्धान पछि यो चाउचाउ बजारमा ल्याएका हौँ । कोरियन र नेपाली स्वादको समीश्रण जस्तो छ । यो चाउचाउ सुख्खा बनाएर खाने नभई सुप बनाएर खाने चाउचाउ हो । सुप बनाउँदा एक प्याकेट चाउचाउमा ४०० देखि ४५० मिलिलिटर पानी राखेर पकाउँदा उत्कृष्ट स्वाद आउँछ । यसको सुपको स्वाद कोरियन फ्लेभरमा त छदैछ साथै चाउचाउको रेसा पनि कोरियन रामेनको जस्तो हुन्छ ।’

Bg Hospital

पोखरामा सोमबार आजदेखि बजारमा आएपनि काठमाडौंलगाएत अन्य ठाउँमा भने एक हप्तापछि उपलब्ध हुने पाण्डे बताउँछन् । उनका अनुसार एक प्याकेटमा यो चाउचाउ १ सय ग्राम हुनेछ र यसको मुल्य ५० पर्ने पर्नेछ ।

अहिले बनेको चाउचाउ चिकेन फ्लेभरमा भएपनि छिट्टै भेजिटेबल फ्लेभरमा निकालिने पोखरा नुडल्सका अध्यक्ष श्रीराम पाण्डे बताउँछन् । साथै धेरै पिरो मन पराउनेका लागि पनि छिट्टै टु एक्स इस्पाईसी (2X Spicy) बजारमा उपलब्ध हुने उनको भनाई छ । पोखरा नुडल्सका विभिन्न चाउचाउ अहिले पनि नेपाल तथा विदेशमा मन पराएको पाईन्छ । रम्बा, बोनस, जोजो जस्ता चाउचाउ पोखरा नुडल्सले उत्पादन गरिसकेको छ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.