under featured image
Sky Link

‘सडक २’ ओटिटि रिलिज रहर होइन बाध्यता’ – निर्देशक महेश भट्ट

Above News Headline

असार १५ गते, पोखरा,

Bg Hospital

बलिउड निर्देशक महेश भट्टको सिनेमा ‘सडक २’ अब ओटिटि प्लेटफर्म मै रिलिज हुने पक्का भएको छ । निर्देशक भट्टले वर्तमानमा ओटिटि नै रिलिजको विकल्प रहेको बताए ।

‘कोभिड – १९ का संक्रमित बढिरहेका छन् । यस्तोमा के हल खुल्छन होला त ? यदि खुलिहाले पनि ‘सडक २’ रिलिज गरिदिन्छौँ । तर, के हाम्रो सिनेमा हेर्न दर्शक हलसम्म आउलान त ? मानिसलाई आफ्नो परिवार बचाउनु छ । आज जीवन धेरै महत्वपूर्ण छ ।’
ओटिटि रिलिज आफ्नो चाहना भन्दा पनि बाध्यता रहेको भट्टले बताए । ‘हामीले सिनेमा थन्क्याउनलाई निर्माण गरेका हैनौँ । त्यसैले अहिलेको समयमा ओटिटि नै यसको विकल्प हो ।’
संजय दत्त, अलिया भट्ट, आदित्य रोय कपूर, पूजा भट्ट, जिस्सु सेनगुप्ता, गुलसन ग्रोवरलगायतका कलाकारले अभिनय गरेको सिनेमाको दुई दिने छायांकन बाँकी छ । जो जुलाई महिनामा पुरा गरिनेछ ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.