under featured image
Sky Link

आयो मन्दिप रानाको क्या बात छ फिल्मको शिर्ष गीत

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार १९ गते, पोखरा,

निर्देशक मन्दिप रानाको तेस्रो फिल्म क्या बात छ फिल्मको नयाँ शिर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गितमा बिजय कुमार र रजनी रिदम राइ को स्वर, देशभक्त सिंह कुँवरको संगीत एबम नबिन घतानेको शब्द रहेको छ। गीतमा चर्चित लोक दोहोरी गायिका तुलसी क्षेत्री र नबिन घताने को अभिनय देख्न पाईन्छ। श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुती रहेको यस फिल्ममा कोरीयोग्राफि र निर्देशन मन्दिप रानाको छ। यसैगरी मेकअप मोहन लामा, छायान्कन राहुल राइ र सम्पादन नेत्र गुरुङ र अशोक आलेको रहेको छ। चलचित्रका अन्य कलाकारहरुमा देशभक्त सिंह कुँवर, बिजय कुमार, अबिराज बि.सि., अर्जुन गिरि, गीत सुनार, रोशनि सुनैना, सुस्मिता परियार, तुलसी क्षेत्री, लक्ष्मण रोका आदिको रहेको छ। भिडियो श्याम शुक्ला इन्टर्टेमेन्टको युटुब च्यानलबाट सार्वजनिक भएको छ। फिल्मको रिलिज डेट तोकिएको छैन ।

Bg Hospital

भिडियोको लिन्क यहाँ छ:

Rakchhaya/vianet inside

Leave A Reply

Your email address will not be published.