under featured image
Sky Link

बिहानै गोर्खामा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३३ पुग्यो

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार २०, 

Bg Hospital

कोरोना संक्रमणबाट आज बिहान ५ बजे एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा असार १७ गते कतार बाट नेपाल आइ पालुङटार स्थित शिबशक्ती मा.बि को क्वारेन्टाइनमा बस्दै आएका पालुङटार न.पा-४ निवासी ४४ बर्षिय पुरुष हुन। निजको हिजो नै PCR रिपोर्ट पोजिटिभ आएको थियो। दमको समेत दिर्घ रोगी रहेका निजले आफुलाइ असहज भएको भन्न थाले पछि उपचारका लागि हिजो राती नै सदरमुकाम स्थित जिल्ला अस्पताल लगिएकोमा आज बिहान ५ बजे उपचारका क्रममै मृत्यु भएको हो। यो संगै अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ। उता कैलाली सम्बादाताका अनुसार जेठ २६ गते श्रीमान सङै भारतबाट नेपाल आएकि कैलाली जिल्ला गोदावरी न.पा-१० निबासी ४८ बर्षिय महिलाको पनि गये राती १० बजे निजकै होम क्वारेन्टाइन मा मृत्यु भएको छ। निजको मृत्यु पश्चात् स्वाब संकलन गरिएको छ भने हाल सम्म पनि शब घर मै रहेको छ। निज महिला क्यान्सर र प्यारालाइसिसको समेत बिरामी रहेको जनाइएको छ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.