under featured image
Sky Link

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो, कुल सन्क्रमित १५,४९१ जना

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार २०,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस मिटिङद्वारा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २३२ जना कोरोना संक्रमित थपिएका छन। अब नेपालमा कुल संक्रमितको संख्या १५,४९१ जना पुगेको छ भने कुल संक्रमीत मध्ये हालसम्म ६४१५ जना उपचार पछि निको भै घर फर्किसकेका छन। पछिल्लो २४ घण्टामा मात्रै २७२ जना डिश्चार्ज भेर घर फर्किएका छन। अर्को तर्फ क्वारेन्टाइनमा रहनेको संख्या घट्दै जानू सकारात्मक पक्ष देखिएको छ। हाल देशभर ३३१२५ जना ब्यक्तिहरु क्वारेन्टाइन रहेका छन् । जबकी १ हप्ता अगाडि सम्म यो संख्या झण्दै दोब्बर थियो। एकातिर क्वारेन्टाइनमा रहनेको संख्या दिनानुदिन घट्दै जानू र अर्को तर्फ भारतबाट नेपाल आउने नेपालिको संख्या व्हात्तै घटेर दैनिक हजार आसपासमा सिमित रहनुले नेपाल मा केही दिन साबधानीसाथ कोरोना संक्रमण लाई न्यून गर्ने तर्फ सजगता अपनाउन सक्ने हो भने हामी सुरक्षीत रहन सक्ने छौँ । मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वोर गौतमका अनुसार, हाल देशभर आइसोलेसनमा रहनेको संख्या ९०४२ रहेको छ। आज बिहान मृत्यु भएका गोर्खा जिल्ला पालुङटार निवासी ४४ बर्षिय पुरुष र र १७ गते त्रि.बि शिक्षण अस्पतालमा मृत्यु भएका रुपन्देही का पुरुषमा कोरोना संक्रमण पुष्टि भए संगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

Bg Hospital

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.