under featured image
Sky Link

राइजिङ स्टार एकेडेमी स्कुलद्धारा मास्क वितरण

Above News Headline

पोखरा भ्वाइस संवाददाता, असार २०,  राइजिङ स्टार एकेडेमी स्कुल कुडहर पोखरा १३ ले एक कार्यक्रम गरि वडामा आर्थिक रुपमा कमजोर नागरिकहरुलाई मास्क बितरण गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्वर १३ का अध्यक्ष दर्शन लामाले राइजिङ स्टार एकेडमी स्कुलले वडा नम्वर १३ का वडाबासीहरुको आवश्यकतालाई मध्यनजर गर्दै मास्क बितरण गरेकोमा स्कुललाई धन्यवाद दिएका थिए ।
वडाबासीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न र सर्तकताका लागि झण्डै २ हजार थान मास्कm वडा तथा टोल विकास संस्थालाई बितरण गरिएकोे बिद्यालयका निर्देशक तथा अध्यक्ष ज्ञानबहादुर कार्कीले बताए ।
कार्यक्रममा स्कुलका सल्लाहकार प्रकाश सिग्देल, शान्ती टोल बिकास सस्थाका अध्यक्ष दिपक सुवेदी,कार्यक्रम सन्चालक बिधालयका शेयर सदस्य ठाकुर प्रसाद पोखरेल लगाएतले बोलेका थिए ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.