under featured image
Sky Link

राखेप सदस्यमा गण्डकीका सम्पन्न श्रेष्ठ मनोनित

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, पोखरा, १५ साउन

पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका पुर्व अध्यक्ष सम्पन्न श्रेष्ठ राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सदस्यमा मनोनित भएका छन् । युवा तथा खेलकूदमन्त्री एवं राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले बिहीबार श्रेष्ठ सहित छ जनालाई सदस्य पदमा मनोनित गरेका हुन् ।

Bg Hospital

राष्ट्रिय खेलकूद विकास ऐन २०७७ को अनुसार राष्ट्रिय खेल संघको सिफारिसमा बाग्लुङ बिउँ–४ स्थायी ठेगाना रहि पोखरामा बस्दै आएको श्रेष्ठलाई मन्त्रालयले मनोनित गरेको हो । समितिमा खेलकूद विज्ञ, खेलकूद प्राविधिक, प्रशिक्षक तथा एन्टी डोपिङ लगायत मध्येबाट सदस्य नियुक्ती गरिएको हो ।

चितवनका रिम रानाभाट, ओखलढुङ्गाका इन्दिरा निरौला, खेल संघको तर्फबाट काठमाडौँका अर्जुन केसी, चितवनका सुवास श्रेष्ठ र परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रबाट नुवाकोटका गोविन्द प्रसाद भट्टराईलाई राखेप सदस्यमा मनोनित गरिएको मन्त्रालयलका सूचना अधिकारी यमेन्द्र उपाध्यायले जानकारी दिए ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.